सोमबार , अषोज २६, २०८३

नयाँ दिल्ली । चन्द्रयान–३ को दोस्रो अन्तिम डीबूस्टिङ अपरेसन आइतबार बिहान १ बजेर ५० मिनेटमा पुरा भएको छ । यो अपरेसन पुरा भएसँगै चन्द्रमासँग ल्यान्डरको न्यूनतम दूरी २५ किलोमिटर र अधिकतम दुरी १३४ किलोमिटर बनेको हो ।

डीबूस्टिङमा यानको गतिलाई कम गरिन्छ । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले सोसल मिडिया प्ल्याटफर्म एक्समा दिएको जानकारी अनुसार अब ल्यान्डरको आन्तरिक परीक्षण हुनेछ । त्यसपछि अवतरण गर्ने स्थानमा सूर्य उदाउनका लागि प्रतीक्षा गरिनेछ । अगस्त २३ तारिखका दिन साँझ ५ः४५ मिनेटमा सबैभन्दा कम दुरी अर्थात् २५ किलोमिटरको उचाइबाट यसलाई अवतरण गर्ने प्रयास गरिनेछ ।

चन्द्रयान–१ र चन्द्रयान–२ मिसनको प्रोजेक्ट निर्देशक रहेका एम. अन्नादुरईका अनुसार २३ अगस्तको साँझ २५ किलोमिटरको उचाइबाट चन्द्रमाको सतहसम्म ल्यान्डरलाई पुग्न १५ देखि २० मिनेट लाग्नेछ । यो समय सबैभन्दा संवेदनशील हुने उनको भनाई छ ।

चन्द्रमाको सतहमा पुगेपछि विक्रम ल्यान्डरबाट र्‍याम्पको सहयोगमा छ चक्का भएको प्रज्ञान रोभरलाई बाहिर निकालिनेछ । इसरोबाट कमान्ड प्राप्त गरेपछि त्यो सतहमा गुड्न थाल्नेछ । त्यसपछि चन्द्रमाको सतहमा भारतको राष्ट्रिय चिह्न अशोक स्तम्भ र इसरोको लोगोको छाप छाडिनेछ ।

गत १७ अगस्तमा चन्द्रयान–३ को प्रोपल्सन मोडुललाई ल्यान्डर–रोभरबाट अलग गरिएको थियो । यस दौरान ल्यान्डरमा राखिएको क्यामराबाट प्रोपल्सन मोडुलको फोटोसहित चन्द्रमाको तस्बिर खिचिएको थियो । –दैनिक भास्करबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP