शनिबार , जेठ २५, २०८२

नयाँ दिल्ली । चन्द्रयान–३ को दोस्रो अन्तिम डीबूस्टिङ अपरेसन आइतबार बिहान १ बजेर ५० मिनेटमा पुरा भएको छ । यो अपरेसन पुरा भएसँगै चन्द्रमासँग ल्यान्डरको न्यूनतम दूरी २५ किलोमिटर र अधिकतम दुरी १३४ किलोमिटर बनेको हो ।

डीबूस्टिङमा यानको गतिलाई कम गरिन्छ । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले सोसल मिडिया प्ल्याटफर्म एक्समा दिएको जानकारी अनुसार अब ल्यान्डरको आन्तरिक परीक्षण हुनेछ । त्यसपछि अवतरण गर्ने स्थानमा सूर्य उदाउनका लागि प्रतीक्षा गरिनेछ । अगस्त २३ तारिखका दिन साँझ ५ः४५ मिनेटमा सबैभन्दा कम दुरी अर्थात् २५ किलोमिटरको उचाइबाट यसलाई अवतरण गर्ने प्रयास गरिनेछ ।

चन्द्रयान–१ र चन्द्रयान–२ मिसनको प्रोजेक्ट निर्देशक रहेका एम. अन्नादुरईका अनुसार २३ अगस्तको साँझ २५ किलोमिटरको उचाइबाट चन्द्रमाको सतहसम्म ल्यान्डरलाई पुग्न १५ देखि २० मिनेट लाग्नेछ । यो समय सबैभन्दा संवेदनशील हुने उनको भनाई छ ।

चन्द्रमाको सतहमा पुगेपछि विक्रम ल्यान्डरबाट र्‍याम्पको सहयोगमा छ चक्का भएको प्रज्ञान रोभरलाई बाहिर निकालिनेछ । इसरोबाट कमान्ड प्राप्त गरेपछि त्यो सतहमा गुड्न थाल्नेछ । त्यसपछि चन्द्रमाको सतहमा भारतको राष्ट्रिय चिह्न अशोक स्तम्भ र इसरोको लोगोको छाप छाडिनेछ ।

गत १७ अगस्तमा चन्द्रयान–३ को प्रोपल्सन मोडुललाई ल्यान्डर–रोभरबाट अलग गरिएको थियो । यस दौरान ल्यान्डरमा राखिएको क्यामराबाट प्रोपल्सन मोडुलको फोटोसहित चन्द्रमाको तस्बिर खिचिएको थियो । –दैनिक भास्करबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने


TOP