मंगलबार , अषोज २७, २०८३

अष्ट्रेलियाको उत्तरी राज्यमा पर्ने क्याथरिन शहरमा Katherine Multisport Club ले आयोजना गरेको 2025 Mother’s Day Katherine Run Festival मा २२ जना नेपाली धावकहरुले भाग लिएका छन। ९ बर्ष मुनीका बालबलिकाको लागि अविभावक सहित १ किमि र खुला तर्फ ७ किमि, १४ किमि र २१ किमि को दुरीहरुमा गरी जम्मा १७९ जनाले भाग लिएका थिए।

२१ किमि हाफ म्याराथनमा गत बर्षकै बिजेता Andrew Hermitage ले १ः२४ः५०मा दुरी पार गरेर प्रथम भए भने Matthew Moir ले १ः३३ः२४ र Nathan Ballard ले १ः३७ः३० दुरी पार गरि दोश्रो र तेश्रो भए। नेपाली धावकहरु मध्येमा चन्द्र प्रकाश गुरुगंले १ः५०ः५९ मा दुरी पार गरी १५औ स्थानमा आउन सफल भएको थियो। त्यसै गरि किसान गुरुगं , जागरुक पौडेल र कयुर केसी ले पनि २१ किमि हाफ म्याराथोन पुरा गरे। ७ किमि तर्फ ७ जना नेपाली हरुले भाग लिएकोमा नेपाली मात्रै सहभागी मध्यो पुरुष तर्फ दिनेश मानानधर र महिला तर्फ दशमी गुरुगं प्रथम भएका छन। १४ किमि तर्फ भने कुनै नेपाली सहभागीता रहेन र १ किमि को बालबलिका र अविभावक दौडमा ११ जना नेपालीहरुको सहभागिता रहेको थियो।

उत्तरी राज्यमा हुने दुई ठुला दौड़ प्रतियोगिता हरु NTCITY2SURF र Katherine Run Festival मा नेपाली हरुको सहभागिता बर्षेनि बढ्दै भएको Team Nepal का संयोजक चन्द्र प्रकाश गुरुगंले पुराखबरलाई बताए। गुरुगंको अनुसार गत बर्ष Katherine मा केहि नेपाली मात्रै दौडेको तर यस पटक भने उल्लेखनीय सहभागिता रहेको र नेपालबाट पारिवारिक भ्रमणमा आएका अविभावकहरु पनि सहभागी भएकाले सबैलाई प्रोत्साहन मिलेको देखिन्छ ।
आगमी जुन १ हुने NTCITY2SURF 25 को लागि पनि तयारी सुरु भैसकेको छ। सहभागीहरुलाई यसपटक पनि NANT र NRNA NT बाट बिबिध सहयोग हुने पदाधिकारी हरुबाट बुझिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP