शनिबार , असार १३, २०८३

नवलपरासी । पूर्व–पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिदै जान लागेका छन् ।

सडक विस्तारको क्रममा जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनका तीन हजार आठ सय ३१ वटा रुख काटेर सम्बन्धित वनको घाटगददीमा राखिएका काठ दाउरा कुहिन लागेका छन् ।

जिल्लाको सिख्रौली, शिसवार, लामिचौर उपभोक्ता समिति अन्तर्गतका पाँचवटा मध्यवर्ती वनमा करिब तीन वर्ष अगाडि ठूलो मात्रामा काठ दाउरा काटेर राखिएको छ । सामुदायिक वन समितिले उपभोक्तालाई वितरण गर्न नपाउँदा कुहिएर काम नलाग्ने अवस्थामा पुगेको कावासोती १२ स्थित राजरत्न सामुदायिक वनका अध्यक्ष विष्णु लम्सालले बताए । ‘सडक निर्माण कम्पनी या चितवन राष्ट्रिय निकुन्ज कस्को कारणले रोकिएको हामीलाई जानकारी छैन, वनमा काठ कुहिएर काम नलाग्ने अवस्थामा छन’, लम्सालले भने ।

नारायणघाट बुटवल सडक आयोजना विस्तार गर्ने क्रममा काठ र दाउरा आफुूरुले सम्बन्धित सामुदायिक वनमा घाटगददीमा सुरक्षा गार्डको निगरानीमा राखिएको भएपनि चितवन राष्ट्रिय निकुन्जले आवश्यक प्रक्रिया ढिलो गरेका कारणले काठ र दाउरा सामुदायिक वनका उपभोक्ताले पाउन नसकेको सडक आयोजना कावासोती कार्यालयका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए ।

jagdamba.cement
सडक आयोजना विस्तारको क्रममा निमार्ण कम्पनी, चितवन राष्ट्रिय निकुन्ज र उपभोक्ता समिति सहितको बैठकले रुख काटी निस्किएका काठ र दाउरा सम्बन्धित सामुदायिक वनलाई दिने गरी सहमति भएको लामिचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडलले बताए ।

केही प्रक्रियागत कुराले रोकिएको र छिट्टै उपभोक्ताले पाउने गरी वितरण हुने निकुन्ज कार्यालयबाट आफूले जाकारी पाएको पौडेलले बताए । रुख काटेर घाटगददी गरिएलगत्तै कोरोना कहर सुरु भएको हुँदा त्यो बेला वितरणको काम रोकिएको चितवन राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । उनले काठ दाउराको पुनः लगत सङ्कलनको काम सुरु गरिएको जानकारी दिए ।

निमार्ण कम्पनीले घाटगददी गर्दा आवश्यक मापदण्ड नअपनाएको र त्यो बेला काठ दाउरामा लगाइएका सङ्केत मेटिएकाले फेरि लगत सङ्कलन गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP