मंगलबार , अषोज २७, २०८३

काठमाडौ । क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ। शनिबार कतारको खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा अफ्रिकन टिम मोरक्कोलाई २-१ गोलले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो।

खेलको सातौं मिनेटमा क्रोएसिया खेलमा अग्रता लिएको थियो। क्रोएसियाका लागि जोस्को ग्भार्डिओलले गोल गरेका थिए।

दुई मिनेटपछि नै मोरक्कोले बराबरी गोल फर्कायो। अर्चरफ डारीले क्रोएसियाका लागि नौं मिनेटमा बराबरी गोल गरेका थिए।

४२ मिनेटमा क्रोएसियाले खेलमा दोस्रो पटक अग्रता लियो। मिस्ला ओरसिकले डिबक्स बाहिरबाट हानेको प्रहारलाई मोरक्कोका गोलकिपरले ठम्याउन सकेनन्।

विश्वकपमा क्रोएसिया गत संस्करणमा उपविजेता बनेको थियो। मोरक्कोको भने यो अहिलेसम्मकै उत्कृष्ट नजिता हो। यस्तै मोरक्कोले सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन र अरब टिमको रेकर्ड समेत बनाएको थियो।

अघिल्लो संस्करणको फाइनलिस्ट क्रोएसियाले तेस्रो स्थानको उपाधिसहित २७ मिलियन डलर अर्थात करिब ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार रूपैयाँ जितेको छ। यस्तै चौथो भएको मोरक्कोले २५ मिलियन डलर अर्थात करिब ३ अर्ब २३ करोड ९५ लाख रूपैयाँ पाएका छन्।

विश्वकप २०२२ को उपाधिका लागि नेपाली समयअनुसार राति ८:४५ बजे अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। सेमिफाइनलमा फ्रान्सले मोरक्को र अर्जेन्टिनाले क्रोएसियालाई पराजित गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP