शनिबार , असार १३, २०८३

रुपन्देही । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दानबापत दुई महिनामा रु ६१ लाख २० हजार आठ सय ६ सङ्कलन भएको छ । लुम्बिनी विकास कोषले पाँच दिन लगाएर शुक्रबार दानपेटिकाको भेटी गणना सकाएको हो ।

आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका रकम सङ्कलन बढ्दै गएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिएघ । अघिल्लोपटक तीन महिनामा एक पटक गणना गरिएकामा यस पटक दान पात्र छिट्टै भरिएकाले दुई महिना नपुग्दै गणना गरिएको हो । गत असोज ३० गते गरिएको भेटी गणनामा रु २७ लाख १८ हजार दानबापत रकम सङ्कलन भएको थियो ।

कोरोना महामारीपछि थालिएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । अहिले लुम्बिनी भ्रमणको मौषम समेत सुरु भएकाले छिमेकी देश भारतसहित थाइल्यान्ड, म्यान्मा, भियतनाम र युरोपबाट समेत पर्यटक आउनेक्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए ।

लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै ८२ हजार दुई सय पाँच आन्तरिक पर्यटकले भ्रमण गरेका छन् । यस्तै यस अवधिमा भारतबाट ३८ हजार ६ सय ८९, तेस्रो मुलुकबाट सात हजार चार सय ७३ जनाले लुम्बिनी भ्रमण गरेको सूचना शाखाले जनाएको छ ।

सन् २०२२ को नोभेम्बर महिनासम्म पाँच लाख ४५ हजार आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । यस्तै यस अवधिमा भारतबाट एक लाख ८८ हजार र भियतनाम, म्यान्मा, थाइल्यान्ड, श्रीलङ्कालगायत ८४ मुलुकबाट एक लाख ८१ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेको सूचना शाखाको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP