मंगलबार , अषोज २७, २०८३

प्रदिप कंडेल / पाल्पा

रामपुर नगरपालिका पुर्बी पाल्पामा अवस्थित बिकासको सम्भावना बोकेको नगरपालिका हो । देश संघिय प्रणालीमा गए संगै २०७४ सालको निर्वाचनमा निर्वाचित भएर रमण बहादुर थापा यस नगरपालिकाको पहिलो निर्वाचित मेयर बनेका थिए । समुन्द्री सतहबाट ३५० मिटर देखी ११०० मिटर उचाईमा रहेको रामपुर नगरपालिकाले १२३.३४  वर्ग कि.मि. क्षेत्र ओगटेको छ । २०७८ को जनगणना अनुसार  ३९ हजार १ सय ९० जनसंख्या रहेको यस नगरपालिका साबिकका गाडाकोट, दर्छा, रामपुर, खालिवन र गेझा गा.वि.स. मिलेर बनेको छ । बिकासको यति धेरै सम्भावना हुदा हुदै पनि रामपुर नगरपालिकाले बिकासमा सोचे जति फड्को नमार्नु भने दुखद पक्ष हो । आज हामी रामपुर नगरपालिकाले देखेर पनि नजर अन्दाज गरको महत्व पूर्ण विषयमा चर्चा गर्ने छौ ।

राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी करिडोरले रामपुरमा परिवर्तनको नया ढोका खोलिदियो । कालिगण्डकी करिडोर संचालनमा आए संगै त्यसको प्रत्यक्ष लाभ रामपुर नगरपालिकाले लिन पाए पनि नगर भित्र संचालन हुने सवारी साधनहरुलाई व्यवस्थित गर्न नसक्दा यात्रुहर मर्कामा परेका छन् । केहि बर्स पहिले नगरपालिकाले नगरबस संचालन गरेर असहज परिस्थितिलाई सहज बनाए पनि उक्त्त नगर बस केहि समयमै बन्द भयो । नगर बसको बिलय संगै रामपुरमा भेनको उदय भयो र शुरु भयो भाडामा चरम लापरबाही । रामपुर नगरपालिका भित्र गुड्ने भेन तथा अटो रिक्सा हरुले मनोमानी तरिकाले भाडा लिदै आएको यात्रुहरुको अत्याधिक गुनासो रहेपनि यहाका जनप्रतिनिधीहरु भने कानमा तेल हालेर बसेका छन् । विभिन्न बिधार्थी संगठनहरुले चर्को भाडा दरको बिरुद्धमा बिज्ञप्ति निकालेर बिरोध जनाए पनि नगर प्रमुखले कुनै चासो नदेखाएको बिधार्थी हरुको गुनासो रहेको छ । दैनिक रुपमा स्कुल तथा कलेजमा अध्ययनको लागि आवत जावतमा समेत बिधार्थीहरुले भाडामा पाउनु पर्ने छुट नपाएको एक बिधार्थि नेताको कथन छ ।

भौगोलिक दृष्टिकोणले तराइ जस्तै समथर भूभाग भएर पनि ८ मिटर चौडा पिच सडकमा १५-१६  किलोमिटर यात्रा गरेको भाडा २५० तिर्नु पर्छ भन्दा यहा हरुलाई अचम्म लाग्दो हो । यो कुनै काल्पनिक कथा होइन यो रामपुर नगरपालिकाको बास्तबिकता हो । प्रत्यक वडामा सडक पुर्याउनु मात्र नगरपालिकाको दायित्व हैन नगरपालिका भित्र संचालन हुने सवारीसाधनको उचित भाडा तोक्नु पनि नगर प्रमुखको दायित्व भित्र पर्छ भन्ने कुरालाइ नगर प्रमुखले नजर अन्दाज गर्न मिल्दैन । बेरोजगारी र गरिबीको भार बोकी रहेका नागरिकले यति महङ्गो भाडा तिर्न कसरि सक्छन ? भाडा निर्धारण गरिने बेला यात्रुहरुको आर्थिक अवस्था र नगरपालिकाको भौगोलिक अवस्थाको मुल्यांक गरेर निर्धारण गरिन्छ अथवा यातायात व्यवसायीहरुको सवारी खरिदा गर्दा लागेको ऋणलाई मुल्यांक गरेर निर्धारण गरिन्छ ? नागरिकको आर्थिक अवस्था मूल्यांक गरेर निर्धारण गरेको भाडा यति महँगो हुनु नपर्ने होइन र ? मैले हरेक पटक यात्रा गर्दा यस्ता प्रसं हरुको उत्तर खोजिरहेको हुन्छु तर आज सम्म भेट्न सकेको छैन । यस्तै हजारौ अनुत्तरित प्रश्नहरुको भीडबाट एउटा गम्भीर प्रश्नले मलाइ हरेक दिन घोची रहन्छ ।

एउटा सामान्य नागरिकले  नगरपालिकाको मुख्य बजार  बेझाडको कुनै एक पसलमा जागिर गरेर महिना दिन सम्म कमाएको दश हजारले उसको रामटार देखि बेझाड आउदा जादाको यातायात खर्च पनि पुग्दैन भने सडक आएको न आएको त्यो गरिबलाइ के फरक पर्यो र ? यात्रुको ढाड सेकेर चिल्ला भएका यातायात व्यवसायीलाई कसले नियन्त्रणमा ल्याउने हो ? प्रतेक निर्वाचनमा समाजबाद र समानताको नारा घन्काएर गरिबको भावना माथि राजनीति गरेर पुजिबाद लाद्न पाइन्छ ? कतै चर्को भाडामा नगर प्रमुखको मौन समर्थन त् छैन ? यति धेरै बेथिति हुदा सम्म पनि मूकदर्शक बनेर बसेका रामपुर नगरपालिकाका नगरप्रमुखको नियत माथिनै शंका उत्पन हनु स्वाभाविक नै हो । हरिया डाडा राताम्मे बनाएर सडक बिस्तार गरेर मात्र परिवर्तन पूर्ण हुदैन नगरपालिकाले गरेका कार्यहरुबाट जनताको जिबनमा प्रतक्ष रुपमा कतिको प्रभाव पर्यो भन्ने कुराको पनि हेक्का राख्नु पर्छ । नगरबासीले दोस्रो कार्यकाल पनि नगर प्रमुखको जिम्मेवारी सुम्पेका रमण बहादुर थापा प्रति नगरबासीको असिमित विस्वास छ यहि बिस्वास्लाई यथार्थमा परिणत गर्ने जिम्मेवारी उहा स्वयम् को हो । अन्त्यमा मलाइ कसैको पक्ष वा प्रतिपक्ष भन्दा पनि सधै निष्पक्ष बन्न मन लाग्छ । मैले हरेक पटक बेथितिको विरुद्धमा आफ्नो कलम चलाई रहन्छु सरकारले तोकेको मूल्य भन्दा बढी गाडी भाडा मात्र होइन अन्य जुनसुकै बस्तु खरिद बिक्रि गर्दा अतिरिक्त शुल्क लिने अधिकार कसैलाई छैन । यस्ता गम्भीर बिषयमा नगरपालिकाको समयमै ध्यान दिन जरुरि छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP