मंगलबार , असार १६, २०८३

अष्ट्रेलिया | पुराखबर
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५ कार्यकालका लागि सदस्यता आवेदन दिने समयावधि आइतबार राति सकिँदा सम्म आवेदन दिनेहरूको संख्या ऐतिहासिक रुपमा १६,०२७ पुगेको छ।

एनआरएन अष्ट्रेलियाका अनुसार, तीमध्ये १०,००० जनाको सदस्यता स्वीकृत भइसकेको छ भने ५,१९९ जनाको सदस्यता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यस्तै, १५६८ आजीवन सदस्यमध्ये करिब आधाले मात्रै विवरण अद्यावधिक गरेका छन्। सबै विवरण अद्यावधिक भएमा कुल सदस्य संख्या १७,०७५ पुग्ने अनुमान गरिएको छ।

अध्यक्ष अनिल पोखरेलले यो उपलब्धिलाई अष्ट्रेलियामा रहेका नेपाली समुदायको विश्वास र सहयोगको नतिजा भनेका छन्। उनले भने, “आईसीसीमा देखिएको अन्योल र चुनौतीका बीच पनि अष्ट्रेलियामा सदस्यता दर उच्च रहनु ठूलो सन्देश हो। हामी सबैलाई समेट्दै आगामी कदम चाल्नेछौं।”

उनका अनुसार सुरुवाती दुई हप्तामा सदस्यता आवेदक संख्या निकै कम थियो। तर, अन्तिम तीन दिनमा मात्र करिब १० हजार आवेदक थपिएको देखिन्छ। नयाँ समूह ‘एनआरएनए अष्ट्रेलिया लिमिटेड’ खुल्ने खबरपछि केही दिन सदस्य बन्ने क्रम सुस्त भएको भए पनि, समुदायस्तरमा संवाद र सकारात्मक अपीलपछि पुनः वृद्धि भएको हो।

एनआरएन अष्ट्रेलियाले आवश्यक कागजात अपलोड नगरेका वा त्रुटिपूर्ण सदस्यता आवेदन दिएका २६४ व्यक्तिहरूलाई एक हप्ता समय थपिएको जनाएको छ। उनीहरूलाई ईमेलमार्फत सम्पर्क गरिनेछ।

यसैबीच, एनआरएनए आईसीसीका उपाध्यक्ष डा. विनोद श्रेष्ठसचिव डा. ज्ञानेन्द्र रेग्मीले अष्ट्रेलियाको यो उपलब्धिलाई “ऐतिहासिक” भन्दै खुलेर प्रशंसा गरेका छन्। योग्यताको आधारमा सदस्यता सुनिश्चित गर्न उजुरी प्रणाली र पारदर्शी तथ्यांक सार्वजनिक गरिएको जानकारी पनि दिइएको छ।

एनआरएनका मुख्य सक्रिय देशहरूमध्ये अष्ट्रेलिया अहिले अमेरिका, जापान, र बेलायतसँगै अग्रस्थानमा रहेको छ।

View Your Membership

 

News & Pic Source : KBCKHABAR

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP