सोमबार , चैत्र २४, २०८१

कफी पिउने मानिस अकालमा मृत्यु सम्भावना न्युन हुने एक नयाँ अध्ययनले देखाएको छ । अध्ययनमा चिनी हालिएको कफी र चिनीबिनाको कफी दुवै प्रयोग गरिएको थियो ।
तथापि विज्ञले कफी पिएरै मात्र अकाल मृत्युको सम्भावना घट्ने कुराप्रति विश्वस्त भएर नबस्न सचेत गराएका छन् । विगतका अध्ययनले पनि कफी फाईदाजनक हुने देखाएका छन् । कफीले दीर्घ कलेजो रोग, केही क्यान्सर र डिमेन्सिया(बुढ्यौलीमा लाग्ने बिर्सने रोग)को सम्भावना कम गरेको पाइएको छ ।

पछिल्लो समय चीनका अनुसन्धानदाताले गरेको एक अध्ययनले हरेक दिन ठिक्क कफी पिउने व्यक्तिको अकाल मृत्युको जोखिम घट्ने देखाएको छ । ‘अनल्ज अफ इन्टरनल मेडिसिन’मा प्रकाशित अध्ययनका लागि युके बायो–बैंकका १,७१,००० सहभागीहरुको तथ्याकं सकलन गरिएको थियो ।

युके बायोबैंकले सन् २००६ यता झण्डै ५ लाखभन्दा बढि मानिसको जिन, जीवनशैली र स्वास्थ्य सूचना संकलन गरिरहेको छ, जसमा व्यक्तिको कफी पिउने बानीसमेत टिपिएको छ ।
अनुसन्धानले टिमले सन् २००९ देखि सात वर्षसम्म सहभागीलाई पछ्याएको थियो । यस अवधिमा ३,१७७ व्यक्ति मरे । उमेर, लिंग, नश्ल, शैक्षिक स्तर, चुरोट खाने बानी, भौतिक क्रियाकलाप, बडी मास इन्डेक्स र खानपान आदि सबै पक्षलाई ख्याल गर्दा अनुसन्धान समूहले कफी नपिउनेको तुलनामा कफी पिउने मनिसहरुको मृत्युको जोखिम घटेको पाइयो ।

कफी खानेहरुमध्ये पनि दैनिक २.५ देखि ४.५ कप कफी खानेको अकाल मृत्युको जोखिम सबैभन्दा धेरै घटेको पाइयो । दैनिक १.५ देखि ३.५ कप चिनी हालिएको कफी खानेको मृत्युको जोखिम पनि त्यही स्तरमा घटेको अध्येताले बताए ।

कफीमा कृत्रिम गुलियो हाल्नेहरुमा भने यो प्रवृत्ति स्पष्ट भएन । अध्ययनमा सहभागीको कफी प्रयोग तथा अन्य बानीबारे एक पटक मात्र प्रश्न गरेको थियो । र अध्ययताहरु सहभागीले दिएको जवाफमा मात्र भर परेका थिए । चिनी खानेले एक चम्चामात्र प्रयोग गर्ने भनेकाले धेरै चिनी प्रयोग गर्नेहरुलाई के हुने भनेर स्पष्ट छैन ।

युनिर्भसिटी अफ ग्लासगोका पाचनक्रिया चिकित्साका प्राध्यापक नविद सत्तर भने यो अध्ययनको निष्कर्षबाट विश्वस्त छैनन् । ‘यो अध्ययन सामान्य अवलोकनका आधार मात्र गरिएकाले यसको निष्कर्ष त्यति सटिक मान्न सकिदैन । कफी प्राय धनी मानिसले पिउछन्, जसको स्वास्थ्य यसै पनि राम्रो हुने गर्छ । अवलोकनका क्रममा यो पक्ष ख्याल गरिएको जस्तो लाग्दैन ,’ प्रो. सत्तरले भने । उनका अनुसार जिनको अध्ययनले कफी सेवनको स्वस्थ्य फाइदा खुलेको छैन । ।
‘चिया, कफी जे खाए पनि हिँडडुल गर्नुपर्छ । राम्रो खानपान र निन्द्रामा ध्यान दिनुपर्छ ,’ अध्ययन प्रकाशित जर्नलकी सह–सम्पादक डा. क्रिश्टिना वीले सम्पादकीयमा लेखेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

सफल पोखरा अन्तराष्ट्रीय म्याराथनमा सहभागी हुन गुरुङ्ग दाम्पत्ती पोखरा जॉदै।

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP