मंगलबार , बैसाख २९, २०८३

अस्ट्रेलियाको उत्तरी राज्य नर्दन टेरोट्रीको डार्विन शहरमा यही १५ मार्च शनिबारका दिन बहु सास्कृतिक होलि मनाउन लागिएको छ। NANT को आयोजनामा हुन लगेको उक्त पर्वको सबै तयारि भइ सकेको NANT सचिब कल्पना पाण्डेले पुरखाबरलाइ जानकारी दिनु भयो। डार्विन सिटीको मुटु मानिने Waterfront मा आयोजना हुन लागेको होलि पर्वमा हरेक समुदायले सहभागिता जनाउन सकिने छ।  कार्यक्रम दिउसोको २ बजे देखि सुरु हुने छ भने रंग को ब्यवस्था पनि तेही गरिने र बच्चाको लागि छुट्टै खेल्ने ठाउ संगै खानाको स्टल सांगीतिक प्रस्तुति पनि रहने जानकारी Nepalese Association of Northern Territory कि अध्यक्ष प्रतिभा देवकोटाले जानकारी दिनु भयो।  संगै सम्पूर्ण डार्विन वरपर रहनु हुने नेपाली संगै सम्पूर्ण रंग प्रेमी लाइ Water front आई रमाइलो मा सरिक हुन् आग्रह गर्नु भयो। 

संगै, काठमाडौं वसन्तपुर क्षेत्रमा विदेशी पर्यटकदेखि स्थानीयहरू समेत वसन्तपुरमा रङ लगाएर होली मनाएका छन् ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावको सन्देश लिएर आउने होली पर्व आज काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ सर्वसाधारणहरू एकआपसमा रङ्ग, अबिर लगाउने र नाच गान गरेर मनाइरहेका छन् ।

विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटक रङ्गको पर्व होलीको उमङ्गमा रमेका छन् । काठमाडौँको वसन्तपुर, ठमेल लगायतका स्थानमा नेपाली मात्र नभई विदेशी पर्यटकहरू पनि एक आपसमा रङ्ग, अबिर लगाएर नाचगान गरेर होली मनाइरहेका छन् । होलीको दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP