मंगलबार , बैसाख २९, २०८३

आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रले कति स्थानमा विजय हासिल गर्ला ?०७४ चुनावमा भन्दा यसपालि माओवादीको सिट संख्या बढ्ला कि घट्ला ?यसबारे हामीले सातै प्रदेशका माओवादी नेताहरुसँग सम्पर्क गरेर पार्टीको चुनावी विश्लेषणबारे सोधखोज गरेका छौं ।

देशभरका कुल ७५३ स्थानीय तहमध्ये माओवादी केन्द्रले ०७४ को निर्वाचनमा १०६ स्थानीय तहका प्रमुखमा जितेको थियो । आगामी चुनावमा यो सिट संख्या बढ्ने माओवादी नेताहरुको दाबी छ । माओवादीका प्रदेश अध्यक्षहरूका अनुसार आगामी स्थानीय निर्वाचनमा २१० स्थानीय तह जित्ने विश्लेषण छ । यदि सत्ता गठबन्धन भएमा त्योभन्दा बढी स्थानीय तह जित्ने उनीहरुको आकलन छ ।

माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले २ सय स्थानीय तह ढुक्कसँग जितिने बताए । उनले भने, ‘पार्टीको महाधिवेशनपछि नौ लाख पार्टी सदस्य पुगेका छन् । पार्टी छाडेर गएका नेताहरुसँग कार्यकर्ता गएका छैनन् । छरिएर रहेका माओवादी कार्यकर्ता पुनः संगठित भएका छन् । वडादेखि केन्द्रसम्मको अधिवेशनले माओवादीमा पुनर्जागरण आएको छ । त्यसैले यसअघि भन्दा बढि जित्नेमा ढुक्क छौं ।’

पार्टी सदस्यता र मतदाता धेरै थपिएकाले माओवादी सोचेको भन्दा बलियो हुने पौडेलको दाबी छ । उनी भन्छन्, ‘यसअघि निर्वाचनमा रामबहादुर थापा बादल समूहका धेरैको मतदातामा नामावलीमा नाम थिएन । आगामी चुनावमा पार्टीका सबै संगठित सदस्यहरुलाई मतदाता नामावलीमा समेटेका छौं । अरु मतदाता समेत बढेका छन् ।’

सत्ता गठबन्धन भएर सबै दलले सबैलाई मतदान गर्ने अवस्था आएमा करिव तीन सय स्थानीय तह जितिने पौडेलले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP