मंगलबार , अषोज २७, २०८३

ब्रिजबेन । पछिल्लो समय उदाएका नेपाली र्यापर जिबबको अष्ट्रेलिया टुर हुने भएको छ । नेपाली नयाँ वर्षको पुर्व सन्ध्याको अवसर पारेर १३ अप्रिलमा सिड्नी र अप्रिल १९ मा ब्रिजवेनमा कन्सर्ट आयोजना गर्न लागेको हो ।

सिड्नीमा रकडेल ब्वाईज र ब्रिजवेनमा द नेप्स ब्रिजवेनले कन्सर्टको आयोजना गर्न लागेको हो ।

ब्रिजबेनको द मेटमा हुने कन्सर्टमा ८ सय भन्दा बढी सहभागी हुने अपेक्षा आयोजकको छ । यी दुबै कन्सर्टमा र र्यापर जिबबसंगै अर्का र्यापर हाकिम पनि सहभागि हुनेछन् । ‘मिलेन लेबल तेरो बाउ बोला’ भन्ने बोलको र्याप गीतसँगै पछिल्लो समय चर्चामा आएका जिबबको यो पहिलो टुर हो । ब्रिजवेनका आयोजक अरुण तिवारीले भर्खर जम्दै गरेका नयाँ कलाकार, छोटो समयमै चिनिएकाहरुलाई प्रोत्साहन गर्न र नेपाली र्यापलाई जोगाउन अष्ट्रेलियामा कन्सर्ट आयोजना गरिएको जानकारि दिनुभयो ।

को हुन त चर्चा कमाउँदै गरेका र्यापर जिबब ?
फ्रि स्टाईल र्यापर हुन जिबब । उनको घरपरिवारमा परिचित नाम भने सुदिप भण्डारी हो । उनै जिबबको “मिलेन लेबल तेरो बाउ बोला ए” गित टिकटक लगायत सामाजिक संजालमा भाइरल भएसँगै देश विदेशमा फ्यानहरु बढिरहेका छन् ।

र्याप गर्ने शैली,प्रतिद्वन्द्वीलाई लाचार पार्ने हाउभाउ लगायतले नेपाली र्यापलाई निकै अगाडि लैजाने संकेत देखिएपनि जिबब कुलुतका कारण माथि उठ्न नसकेको चर्चा चलिरहेको छ ।

साथीको संगतबाट लगुऔषधको कुलतमा फसेका जिबब आफू हिपहपमा नै रमाउने र त्यसको लागि सबै नराम्रो संगत त्याग्ने प्रयासमा रहेको बताइरहेका छन् । एएनटिएफ र्‍याप ब्याटलको सेमिफाइनलसम्म पुग्दा जीबबले राम्रै फ्यान फलोइङ बनाएपनि रिह्याबबाट भागेपछि फाइनल गुमाएका थिए । नेपालको गोरखाका स्थायी बासिन्दा जीबब अहिले ललितपुरमा बसोबास गरिरहेका छन् ।
@nepaltube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP