आइतबार , बैसाख ७, २०८२

ब्रिजबेन । पछिल्लो समय उदाएका नेपाली र्यापर जिबबको अष्ट्रेलिया टुर हुने भएको छ । नेपाली नयाँ वर्षको पुर्व सन्ध्याको अवसर पारेर १३ अप्रिलमा सिड्नी र अप्रिल १९ मा ब्रिजवेनमा कन्सर्ट आयोजना गर्न लागेको हो ।

सिड्नीमा रकडेल ब्वाईज र ब्रिजवेनमा द नेप्स ब्रिजवेनले कन्सर्टको आयोजना गर्न लागेको हो ।

ब्रिजबेनको द मेटमा हुने कन्सर्टमा ८ सय भन्दा बढी सहभागी हुने अपेक्षा आयोजकको छ । यी दुबै कन्सर्टमा र र्यापर जिबबसंगै अर्का र्यापर हाकिम पनि सहभागि हुनेछन् । ‘मिलेन लेबल तेरो बाउ बोला’ भन्ने बोलको र्याप गीतसँगै पछिल्लो समय चर्चामा आएका जिबबको यो पहिलो टुर हो । ब्रिजवेनका आयोजक अरुण तिवारीले भर्खर जम्दै गरेका नयाँ कलाकार, छोटो समयमै चिनिएकाहरुलाई प्रोत्साहन गर्न र नेपाली र्यापलाई जोगाउन अष्ट्रेलियामा कन्सर्ट आयोजना गरिएको जानकारि दिनुभयो ।

को हुन त चर्चा कमाउँदै गरेका र्यापर जिबब ?
फ्रि स्टाईल र्यापर हुन जिबब । उनको घरपरिवारमा परिचित नाम भने सुदिप भण्डारी हो । उनै जिबबको “मिलेन लेबल तेरो बाउ बोला ए” गित टिकटक लगायत सामाजिक संजालमा भाइरल भएसँगै देश विदेशमा फ्यानहरु बढिरहेका छन् ।

र्याप गर्ने शैली,प्रतिद्वन्द्वीलाई लाचार पार्ने हाउभाउ लगायतले नेपाली र्यापलाई निकै अगाडि लैजाने संकेत देखिएपनि जिबब कुलुतका कारण माथि उठ्न नसकेको चर्चा चलिरहेको छ ।

साथीको संगतबाट लगुऔषधको कुलतमा फसेका जिबब आफू हिपहपमा नै रमाउने र त्यसको लागि सबै नराम्रो संगत त्याग्ने प्रयासमा रहेको बताइरहेका छन् । एएनटिएफ र्‍याप ब्याटलको सेमिफाइनलसम्म पुग्दा जीबबले राम्रै फ्यान फलोइङ बनाएपनि रिह्याबबाट भागेपछि फाइनल गुमाएका थिए । नेपालको गोरखाका स्थायी बासिन्दा जीबब अहिले ललितपुरमा बसोबास गरिरहेका छन् ।
@nepaltube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP