मंगलबार , बैसाख २९, २०८३

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । शुक्रबार काँग्रेस काठमाडौ क्षेत्र –१ द्वारा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा सिंहले पार्टीको निर्णय नमानेहरु पार्टी छाडेर जाँदा हुने बताए ।

काँग्रेसभित्र बसेर काँग्रेस कमजोर बनाउनेहरु पार्टीमा बस्नु भन्दा बाहिरिँदा राम्रो हुने सिंहले बताए । ‘यसपटक चुनावमा काँग्रेसका नेता कार्यकर्ता कसले के गरेको छ ? सबैको एक–एक हिसाब हुन्छ ,’ उनले भने । गठबन्धन जनताले दिएको म्यान्डेट नभए पनि परिस्थितिले सृजना गरेको मुलुकको आवश्यकता भएको बताए ।

‘संविधान जोगाउनका लागि गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने बाध्यात्मक अवस्था छ । चुनावसम्मै गठबन्धन कायमै रहन्छ,’ उनले भने, ‘स्थानीय आवश्यकताका आधारमा गठबन्धन हुन्छ ।’ पार्टीभित्रका आफूलाई क्रान्तिकारी भन्ने नेताहरुले सबै जान्दाजान्दै गठबन्धन विरुद्ध बोल्नुले जनतामा अनावश्यक भ्रम छर्ने काम मात्रै भएको उनको भनाइ छ

पपुलर बन्ने नाममा पार्टीलाई क्षति पुर्याउने काम मात्रै भएको सिंहले बताए । सिंहले शेखर कोइराला समूहप्रति लक्षित गर्दै उनले भने, ‘पार्टीभित्र एकथरी समूह नियोजित रुपमा आफ्नो स्वार्थ पूरा नभएपछि व्यक्तिगत रुपमा चरित्र हत्याको अभियानमा लागिरहेको छ । त्यो समूह सामाजिक सञ्जाल र मिडियामार्फत भ्रमको खेतीमा लागिरहेको छ ।’ स्थानीय कमिटीले विधिसम्मत उमेदवार सिफारिस गर्न नसकेर केन्द्र पठाएर केन्द्रीय नेताहरुलाई गाली गर्ने परम्परा यसपटक अन्त्य हुनुपर्ने बताए ।

‘पार्टीको विधानले दिएको अधिकार स्थानीय कमिटीले अक्षरशः पालना गर्न सके उम्मेदवारी छनोटमा कसैको हस्तक्षेप हुँदैन,’ उनले भने । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले यसपटक देशभर काँग्रेसको लहर आएको बताए ।

त्यस्तै काठमाडौं जिल्ला सभापति सबुज बानियाँले भ्रमको पछि नलागि घर घरमा पुगेर काँग्रेसका पक्षमा मत माग्न आग्रह गरे । काँग्रेस नेता तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले एमसीसीका विषयमा आएका भ्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १५० जना काँग्रेस प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP