मंगलबार , बैसाख २९, २०८३

नेकपा एमाले विभजित भएपछि एकपछि अर्को गर्दै शक्ति गुमाइरहेको छ । माधव कुमार नेपालले एमाले छाडी नेकपा एकीकृत समाजवादी गठन गरेपछि एमालेले निरन्तर शक्ति गुमाइरहेको हो ।

एमाले नफुट्दै भएको विवादले उसले राष्ट्रियसभाको उपनिर्वाचनमा धक्का खाएको थियो । त्यसपछि अध्यक्ष केपी शर्मा ओली सरकारबाट हट्ने परिस्थिति बन्यो । अहिले फेरि एमालेले राष्ट्रिय सभाको निर्वाचनमा सिट गुमाउने अवस्था बनेको छ ।

१२ माघमा राष्ट्रियसभाको रिक्त १९ सिटमा मतदान हुनेछ । मतभारका हिसाबले राष्ट्रियसभामा सदस्य चयन हुनेछन् । मतभार हेर्दा एमालेले यसअघि जितेकोमध्ये ५ सिट जति गुमाउने देखिदैछ ।

राष्ट्रियसभाका २० सांसदले चार वर्षे कार्यकाल २० फागुनमा पूरा हुँदैछ । त्यस अघि नै १ मनोनितबाहेक १९ सांसदका लागि निर्वाचन आयोगले निर्वाचन गर्दैछ । एमालेले अब सत्ता गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनको चुनौती सामना गर्नुपर्ने भएको छ । गठबन्धन गुमेमा एमालेले कम्तिमा ५ सिट गुमाउनेछ ।

४ वर्षे कार्यकाल पूरा गर्न लागेकामा एमालेका ८, माओवादीका ४, नेकपा एसका ४, काँग्रेसका ३ र मनोनित १ छन् ।

प्रदेशबाट निर्वाचित हुने सांसदहरुको चुनाव तय भएको छ । जसमध्ये एमाले प्रदेश १ मा मात्र सत्ता गठबन्धनभन्दा बढी मतभारको अवस्थामा छ ।

राष्ट्रियसभामा प्रदेशतर्फ प्रदेश सांसद, स्थानीय निकायका पालिका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । प्रदेश सांसदको प्रत्येकको मतभार ४८ र पालिका प्रमुख वा उपप्रमुख प्रत्येकको मतभार १८ हुने व्यवस्था छ । यसलाई आधार मान्दा प्रदेश १ मा एमालेको मतभार ४५४२ छ । गठबन्धन दलको ४४६४ र अन्य दलको ३४२ छ । अन्य दल मिलेमा एमालेलाई प्रदेश १ मा ठूलो चुनौती छ ।

प्रदेश २ मा एमालेको ९४२ हुँदा गठबन्धनको ७१९४ छ । त्यहाँ गठबन्धनको जसपा बलियो छ । लोसपासहित अन्यको १७४२ मतभार छ । एमालेले लोसपासँग मिलेर चुनाव लड्ने सम्भावना छ । त्यतिबेला गठबन्धनलाई चुनौती बन्न सक्छ । एमालेले लोसपा मिलेर सिट जोगाउने मात्र विकल्प छ । राष्ट्रियसभामा कार्यकाल सकिन लागेका १ एमाले सांसद छन् । विभाजनको ठूलो असर परेकाले राष्ट्रियसभामा प्रदेश २ बाट एमाले सुन्य सिटमा पुग्न सक्छ ।

बागमती प्रदेशमा एमालेको ४१४२ हुँदा गठबन्धनको ४८९० छ । विवेकशील, राप्रपासहित अन्यको ४७४ छ । गठबन्धन बहुमतमा रहेको छ । बागमतीमा एमालेलाई सबैभन्दा ठूलो धक्का पर्ने देखिन्छ ।

गण्डकीमा एमालेको ४१४२ मतभार हुँदा गठबन्धनको ४८९० छ । अन्य दलको ४७४ छ । गठबन्धन बहुमतमा देखिन्छ । एमालेले गण्डकीमा पनि विगतको सिट गुमाउँदैछ ।

लुम्बिनीमा एमालेको ३२७६ मतभार हुँदा गठबन्धनको ४२०६ छ । अन्यको २७८ छ । लुम्बिनीमा पनि एमालेले सिट गुमाउने देखिदैछ । लुम्बिनीमा २ जना एमाले सांसदको कार्यकाल सकिदैछ । विभाजनको असर परेबाट एमालेले गठबन्धनसँग लड्दा कम्तिमा १ सांसद सिट गुमाउनसक्छ ।

कर्णालीमा एमालेलाई सबैभन्दा ठूलो धक्का परेको छ । त्यहाँ उसको मतभार १४३४ र गठबन्धनको २८९८ छ । अन्यको १९२ मत छ । कर्णालीमा एमाले विभाजनको सबैभन्दा ठूलो नोक्शान देखिन्छ । कर्णालीका हस्ती नेताहरुले एमाले त्यागेर नेकपा एस स्थापनामा माधव नेपाललाई साथ दिएका थिए । यसको असर राष्ट्रिय सभा निर्वाचनमा देखिने अवस्था छ । कर्णालीमा कार्यकाल सकिन लागेका एमालेका १ सांसद छन् । मतभारको हिसाबले उक्त सिट जोगिने स्थिति छ ।

सुदूरपश्चिममा पनि एमाले विभाजनको ठूलो असर परेको छ । एमाले विभाजनपछि मतभार घटेर १७८८ मा सिमित भएको छ । गठबन्धनको मतभार ३५२५ छ । अन्यको ८४ छ । एमालेले यो प्रदेशबाट कम्तिमा २ सांसद सिट गुमाउने निश्चित छ । कार्यकाल सकिन लागेका ३ राष्ट्रिय सभा सांसद सुदूरपश्चिमका हुन् । जसमध्ये एक एमालेका छन् ।

एमाले विभाजनका कारण प्रदेश १ मा उसले खाली हुन लागेको उसको ३ सिटमध्ये कम्तिमा १ गुमाउनुपर्ने देखिन्छ । गठबन्धन अन्य दलसँग मिलेर २ सिट नै गुमाउने अवस्था बन्न सक्छ । प्रदेश २ मा पनि गठबन्धन र अन्य दल मिलेमा रहेको १ सिट पनि गुम्न सक्छ । लुम्बिनीमा पनि १ सिट गुम्न सक्छ । कर्णाली र सुदूरपश्चिममा पनि एमालेको राष्ट्रियसभामा यसअघि जितेको सिट गुम्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP