सोमबार , अषोज २६, २०८३

भारतले मंगलबार मध्यराति पाकिस्तानी क्षेत्रमा गरेको हवाई हमलामा १०० जनाभन्दा बढी आतंककारी मारिएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन्।

भारतीय पत्रिका दैनिक भास्करले अहिलेसम्म प्राप्त जानकारीअनुसार भन्दै आक्रमणमा १०० भन्दा बढी आतंककारी मारिएको दाबी गरेको हो।

भारतीय वायुसेनाले मंगलबार मध्यरातपछि पाकिस्तान र पीओके अर्थात् पाकिस्तान प्रशासित कश्मीरभित्र हवाई आक्रमण गरेको हो।

आक्रमणमा ७ सहरका आतंकवादी लुकेका ९ ठाउँलाई निशाना बनाइएको दाबी भारतले गरेको छ।

तर पाकिस्तानले भने आतंककारीविरुद्धका नाममा भारतले सर्वसाधारण नागरिकमाथि आक्रमण गरेको दाबी गरेको छ।

भारतले अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा आतंककारीले गोली हानेर २६ जनाको हत्या गरेको १५ दिनपछि बदलास्वरूपमा पाकिस्तानमा हमला गरेको हो।

यसलाई भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएको छ।

पाकिस्तानको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्।

समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै उक्त अपरेसन प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर निगरानी गरेको उल्लेख गरेको छ।

यो तनावपूर्ण अवस्थालाई ध्यान दिँदै भारत र पाकिस्तान दुवैले प्रभावित क्षेत्रका स्कुल तथा कलेज बन्द गराएका छन् भने भारतीय एयरलाइन्सहरूले उडान रद्द गरेका छन्।

यसैबीच अमेरिकाले भारत र पाकिस्तानको तनावपूर्ण अवस्थामा आफूले नजर राखिरहेको बताएको छ।
@related file pic

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP