
कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशकाे आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यसबाहेकका क्षेत्रमा आंशिक बदली रहने माैसमविद्ले जानकारी दिएका छन् ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेर अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएकाे छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आज राति पनि आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ पूर्वानुमान माैसमविद्ले गरेका छन् । यी प्रदेशका केही स्थानमा हिमपातकाे पनि सम्भावना छ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावनाका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।