सोमबार , जेठ ६, २०८२

वैदेशिक रोजगार विभागले इजरायलबाट नामावली प्राप्त हुने युवासँग रोजगार सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । इजरायलको पिवाबाट स्तरीय रोजगार सम्झौता (एसईए) प्राप्त भएका युवालाई रोजगार सम्झौतामा हस्ताक्षर, अभिमुखीकरण गराउने तथा भिसा प्रक्रियाका लागि काम गर्ने तयारी सुरु गरिएको हो ।
यसका लागि विभागले अभिमुखीकरणका लागि व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र भिसा प्रक्रियाका लागि नेपालस्थित इजरायली दूतावाससँग सहजीकरणका लागि अनुरोध गर्नेेछ । विभागको इजरायल तथा जापान शाखाका निर्देशक डम्बर सुब्बाले इजरायलबाट रोजगार सम्झौता प्राप्त भएका युवाका लागि सम्झौतामा हस्ताक्षर गराउने, अभिमुखीकरण र भिसा प्रक्रियाको काम केही दिन सुरु गर्ने गरी तयारी भइरहेको बताए ।

विभागले हाल कोभिड–१९ विरुद्धको खोप लगाएका तथा लगाउन बाँकी रहेका युवाको नामावली अध्यावधिक गर्ने काम गरिरहेको छ । यसैगरी खोप लगाउन बाँकी रहेका युवाको खोप व्यवस्थापनका लागि समेत विभागले सहजीकरणको काम गरिरहेको छ । विभागले रोजगार सम्झौताका लागि इजरायलको पिवामा २ चरणमा पठाएको नामावलीका आधार श्रमिक पक्षको हस्ताक्षरका लागि नामावली आउने क्रममा रहेको जनाएको छ ।

विभागले कात्तिकमा ५ सय तथा मंसिर ६ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । नामावली प्राप्त भएका युवाको हस्ताक्षर प्रयोजनका लागि श्रमिकलाई विभागमा उपस्थित गराउने तयारी रहेको विभागले जनाएको छ । इजरायलको पिवाले छनोट गरेका १ हजार १ सय ७५ मध्ये ८ सय २१ महिला र ३ सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो । यसरी प्रकाशित गरेका नाममध्ये पहिलो चरणमा क्रम संख्याका आधारमा ३ सय ५० महिला र १ सय ५० पुरुषको नामावली इजरायल पठाइएको थियो । बाँकी ६ सय ७५ जनाको नामावली दोसो चरणमा पठाइएको थियो ।
विभागले इजरायल जाने नेपालीले मासिक १ हजार ६ सय अमेरिकी डलर अर्थात् हालको विनिमय दरअनुसार १ लाख ९० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने जनाएको छ । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि १ वर्षको हुने भए पनि करार थपिएर ५ वर्षसम्म बस्न पाइने छ । यसका लागि जाने श्रमिकले हवाईभाडा, स्वास्थ्य बिमा, अभिमुखीकरण, पासपोर्ट, पीसीआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा सहित १ लाख ६५ हजार ७ सय शुल्क लाग्ने विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP