मंगलबार , भाद्र १६, २०८३

दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जिप दुर्घटनामा परेको छ। राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-कपुरकोट सडक खण्डको तुलसीपुर उपमहानगरपालिका-३ सिरखोलामा रा१ज ४३८ नम्बरको जीप दुर्घटना भएको हो।

दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा कपुरकोट गाउँपालिका-३ का ४८ वर्षीय प्रेम प्रकाश शर्मा, २५ वर्षीया लालमति खडका र कपुरकोट गाउँपालिका-४ का साउनी घर्ती रहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले जानकारी दिए।

१२ सिटे जिपमा १८ जना सवार रहेको र १४ जना घाइते भएका छन्। घाइतेमध्ये सात जनाको अवास्था गम्भीर भएको हुँदा उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।

गाडीको गेयर फस्दा गाडी ब्याक गर्ने बेला जित दुर्घटनामा परेको पुराजले जानकारी दिए। दुर्घटनामा घाइते भएका सात जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP