मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार डा शेखर कोइरालाले प्रधानमन्त्री देउवाले आफूलाई नजिताए गठबन्धनको सरकार ढल्ने बताएको प्रति आपत्ति जनाएका छन् ।

डा.कोइरालाले भने, ‘शेरबहादुरजी तपाईंको सरकार ढल्दैन चिन्ता नगर्नुस् । सभापतिमा हराउने हो तर प्रधानमन्त्रीबाट हटाउने होइन ।’ सभापतिका उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रधानमन्त्री र पार्टी सभापति फरक फरक व्यक्ति भए विवाद हुने भन्दै आफूलाई जिताउन आग्र गरेपछि उनका प्रस्पर्धी डा. कोइरालाको यो भनाइ आएको हो।जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले अग्रज पुस्ताको अनुभव र युवा पुस्ताको ऊर्जाको समीश्रण गर्दै सशक्त कांग्रेस बनाउने बताए।

कोइरालाले शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइरालालगायत नेताको अनुभवलाई आत्मसाथ गर्दै युवा ऊर्जाका साथ काम गर्ने बताएका छन् ।

उनले युवाको ऊर्जाले मात्रै सशक्त र गतिशील कांग्रेस निर्माण हुने बताएका छन् । नेता कोइरालाले हिजोका तिक्तता भुल्दै अब नयाँ सिराबाट अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । उनले संविधानमा केही परिमार्जन गर्नुपर्ने भए त्यो पनि गरिने उनले बताए ।

उनले पार्टी भित्रका वेथिति अन्त्यका लागि जवाफदेही नेतृत्व खोजिरहेको धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP