मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले आइतबार रिपोर्टर्स क्लब नेपालमा १०औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरे । उनको उम्मेदवारीलाई लिएर एमालेभित्र कतिपयले व्यङ्ग्य गरे । विशेषगरी अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुले रावल चर्चामा आउन खोजेको टिप्पणी गरेका छन् ।

रावलले ओलीलाई चुनाव हराउने सम्भावना देखिदैन । बरु ओलीले रावललाई भारी मतान्तरले पराजित गर्ने अवस्था छ । तैपनि, रावलले उम्मेदवारी दिनुलाई सामान्य रुपमा लिन मिल्दैन । उनको उम्मेदवारी र प्राप्त मतबाट एमालेभित्र ओलीप्रति असन्तुष्टहरुको प्रतिशत बुझ्न सकिन्छ ।

एमाले फुटेर माधव नेपाल समूहले नयाँ दल गठन गरेपछि पनि ओली विरोधी रहेको सन्देश प्रवाह भएको छ । त्यसको नेतृत्व रावलले गर्न खोजेका छन् ।

महाधिवेशनमा पराजित भएपनि रावलले ओलीविरोधी धारलाई एकजुट बनाएर नयाँ तरिकाले शक्ति सञ्चय गर्ने रणनीति अपनाएको देखिन्छ । विगतमा अन्य पार्टीमा पनि त्यसरी नै अध्यक्ष हार्ने जान्दा जान्दै उ्रम्मेवारी दिएकाहरु पछि पार्टीको नेतृत्वमा पुगेको इतिहास छ ।

नेपाली काँग्रेसभित्र शेरबहादुर देउवाले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाविरुद्ध उम्मेदवारी दिएर पराजित भएका थिए । उनी हार्ने निश्चित थियो । तर, उनले कोइरालाविरोधी समूहलाई उम्मेदवारीमार्फत् एकजुट बनाउँदै लगे । १३औं महाधिवेशनमा सभापति बन्न सफल भए ।

रावलले पनि अहिलेको उम्मेदवारीबाट ओलीलाई चुनौती दिदै भविष्यका लागि सन्देश दिन खोजेका छन् । ओलीविरोधी मोर्चामा आफू नै अग्रपंक्तिमा रहेको र विभाजन हुँदा पनि जोखिम मोलेर एमालेमै रहेको सन्देश दिन खोजेका छन् । यो सन्देशमार्फत् उनले भविष्यमा एमालेको अध्यक्षको सशक्त दाबी प्रस्तुत गर्ने रणनीति बनाएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP