
कार्यक्रममा एन आर एन ए अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले अष्ट्रेलियाको नेपाली समुदाय माझ सामाजिक र कल्याणकारी कार्यमा आफ्नो बिशिस्ठ योगदान पुर्याउदै आएको रुपन्देही सामाजिक सञ्जालले आगामी दिनमा पनि आफ्नो सामाजिक कार्यलाई अझ बिस्तार गरि र प्रभावकारी भूमिका निभाउने बिस्वास व्यक्त गरे ।
सो अवसरमा सस्थाका अध्यक्ष दिवाकर काफ्लेले संस्थाले लिएको उद्देस्य र लक्षलाई पुरा गर्न सबैले आ आफ्नो क्षेत्रबाट भूमिका निभाउनु पर्ने खाचो औल्याउदै कार्यक्रमका सहभागी तथा सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे ।
सो अवसरमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष विनोद कुंवर, संस्थाका संरक्षकहरु राज खनाल, कृष्ण गैरे, इश्वर पोख्रेल, मुक्तिराम पोख्रेल, कार्यसमितिका पधाधिकारी एबं विभिन्न पेशा व्यवसाय संचालन गर्दै आएका ब्यबसायी एबम विभिन्न सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
@nepalnewsaustralia