बिहिबार , बैसाख २५, २०८२

अमेरिकाले २८ मंसिरभित्र एमसीसी पारित गर्न समयसीमा दिएपछि नयाँ राजनीतिक घटनाक्रम विकास हुने देखिएको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले एमसीसी १४ डिसेम्बर अर्थात् २८ मंसिरभित्र पारित गरिसक्न समयसीमा दिएपछि सत्ता गठबन्धनमा कम्पन नै आउने देखिएको हो ।

एमसीसी नेपाललाई चाहिएको हो कि होइन ? भनी लूले सिधा प्रश्न शिर्ष नेताहरुलाई गरेका छन् । उनले सत्ता गठबन्धनका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अलावा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर सिधा प्रश्न गरेका हुन् ।

देउवा एमसीसी पारित गर्ने पक्षमा छन् । तर, उनीसँग संसदमा पारित गर्ने बहुमत छैन । प्रचण्ड एमसीसी संशोधनसहित मात्र पारित गर्नुपर्ने पक्षमा छन् । ओली खुलेका छैनन् ।

एमसीसीबारे देउवा र प्रचण्डबीच मत बाझिइसकेको छ । देउवाले आफू र प्रचण्डसहितले एमसीसी पारित गर्न अमेरिकालाई पत्र लेखेको खुलासा गरेका थिए । त्यसको प्रचण्डले खण्डन गर्दै पारित गर्नका लागि नभई समयसीमा दिन पत्र लेखेको खुलाए । यसले पनि प्रचण्ड एमसीसीको पक्षमा लागिहाल्नेमा आशंका देखिएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि एमसीसी विना संशोधन पारित गर्न नहुने पक्षमा छन् । उक्त दलका नेता झलनाथ खनालले तत्कालीन नेकपामा हुँदा अध्ययन कमिटीको संयोजक भई एमसीसी संशोधनसहित मात्र पारित गर्नुपर्ने सुझाव प्रस्तुत गरेका थिए । खनालको सुझाव प्रतिवेदन नै नेकपा एसको धारणा देखिएको छ ।

प्रचण्ड र माधव नेपाल एमसीसीको विपक्षमा उभिएमा नयाँ राजनीतिक घटनाक्रम विकास हुने देखिन्छ । २८ मंसिरको सीमा अमेरिकाले तोकिदिएकाले अब यसबारे वार कि पार हुनसक्छ । प्रचण्ड र नेपाल एमसीसीको पक्षमा नआए सत्ता गठबन्धन टुट्न सक्छ ।

जनता समाजवादी पार्टी एमसीसीको पक्षमा देखिन्छ । उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले एमसीसीबारे अनावश्यक राजनीति नगर्न भन्दै पारितमा जोड दिदै आएका छन् । तर, प्रचण्ड र माधव नेपालको धारणा फरक छ ।

एमाले अध्यक्ष ओलीले एमसीसीबारे सत्ता गठबन्धनको धारणा नआएको बताइरहेका छन् । उनले अमेरिकी सहायक विदेशमन्त्री लूसँगको भेटमा पनि आफूहरुसँग गठबन्धनले कुनै आग्रह नगरेको जवाफ दिएका छन् । यसकारण पनि उनले एमसीसीको मुद्दामै नयाँ घटना विकास हुने देखेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले एमसीसीको विपक्षमा आफूलाई उभ्याएमा सत्ता गठबन्धन टुट्ने निश्चितप्रायः छ । उनले गठबन्धन जोगाउनका लागि पनि एमसीसी पारितको पक्षमा बढ्नुपर्ने वाध्यता आइपरेको छ । त्यो सम्भावना कमजोर छ ।

एमसीसीको विषयले देउवा र ओलीबीच निकटता बढ्न सक्छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयमा पनि देउवा र ओलीबीच कुरा मिलेको देखिन्छ । अब एमसीसी पारित हुने हो भने सत्ता गठबन्धन सबै पक्षमा उभिनुपर्छ । त्यसो नभएको खण्डमा पारित हुन गठबन्धन टुटेर काँग्रेस, एमालेका अलावा जसपा र लोसपाको गठबन्धन बन्नुपर्छ । दुवै सम्भावना नदेखिए एमसीसी पारित हुनेछैन । त्यतिबेला एमसीसी अमेरिकाले अन्यत्र लाने निश्चित जस्तै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP