मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै तीन महिना लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । तर, मन्त्री नियुक्ति विवादमुक्त बन्न सकेन ।दशैंको मुडमा सबै रहेकाले सत्ता गठबन्धनका दलहरुमा विवाद खासै सुनिएको छैन । यद्यपि, जनता समाजवादी पार्टीमा मन्त्री नियुक्तिको विषयमा व्यापक विवाद भइसकेको छ । बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा ताला लगाउने र तोड्ने होडबाजी चलेको छ ।

काँग्रेसभित्र मन्त्रीको विषयले विवाद भएपछि कोइराला परिवार विभाजित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि छिन्नभिन्न भएको छ । यसले काँग्रेसको महाधिवेशन मात्र नभई आगामी चुनावसम्म ठूलो असर पर्न सक्छ ।

दशैं तिहार र छठलगत्तै काँग्रेसको महाधिवेशनका लागि बाँकी रहेका वडा, पालिका र जिल्ला तहका चुनाव हुनेछन् । त्यसले महाधिवेशन सर्ने, आमचुनावपछि मात्र हुने या चाँडै हुने निक्र्यौल हुनसक्छ । यो निर्णयले पनि काँग्रेसको राजनीतिमा नयाँ परिदृश्य देखिनसक्छ ।

देउवा अर्ली इलेक्शनमा देशलाई लाने प्रयासमा छन् । गठबन्धनका माओवादी, नेकपा एस र जसपा त्यसको विरोधमा छन् । एमसीसीको पक्षमा काँग्रेस छ । तर, माओवादी र नेकपा एस विरोधमा छन् । यसले पनि नयाँ विवाद सृजना हुनसक्छ ।

गठबन्धनलाई कतिपयले अपवित्र गठबन्धन भनेका छन् । हुनपनि विचार नमिल्ने दलहरुको घटनाक्रमले सत्ता गठबन्धन बनाएको छ । तर, चतुर नेता मानिएका प्रचण्डले नयाँ रणनीति चाल्न सक्छन् । उनी पूर्वमाओवादी मिलाएर माधव नेपालसँग चुनावी गठबन्धनसम्म जान खोजेका छन् । यो एकताले उनी २०६५ सालको जस्तो शक्तिशाली बन्ने महत्वाकांक्षामा छन् ।

एकातर्फ, नेकपा एमाले संसदमा अवरोध गर्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली ताजा जनादेशको रटान लगाइरहेका छन् । उनको संसदको अवरोध यही उद्देश्यतर्फ बढेको देखिन्छ । ओली ताजा जनादेश भनिरहँदा देउवाको चाहना पनि त्यस्तै छ । रणनीतिक हिसाबले दुवैको मत एक छ । तर, गठबन्धन उनको आवधिक चुनावको पक्षधर प्रचण्ड र माधव नेपालसँग छ । यसले भविष्यमा नयाँ द्वन्द्व निम्त्याउन सक्छ ।

जसपाबाट फुटेको लोकतान्त्रिक समाजवादी पार्टी मधेशको तल्लो इकाईमा सक्रिय छ । मधेश केन्द्रित नेताहरुको फुटले निरन्तरता पाएमा त्यहाँको चुनावी नतिजा विगतभन्दा फरक हुन्छ । मधेशमा बलियो आधार बनाएको काँग्रेसले यसको लाभ लिनसक्छ । तर, फरक ढंगले मधेशमा गठबन्धन बनेमा काँग्रेसलाई सजिलो हुनेछैन ।

सामरिक महत्वको भएकाले नेपालमा शक्तिराष्ट्रको चासो बढी छ । भारतको चासो बढ्दो छ । चीनको फैलदो प्रभावलाई रोक्न अमेरिकाले भारतसँग मिलेर दक्षिण एशियामा भूमिका खेल्न खोजेको छ । त्यसमा यूरोपेलीहरु पनि नजिक आइपुगेका छन् । चीनको आक्रामक विदेश नीतिले अफगानिस्तानबाट अमेरिकी सैनिक उक्त देश छाड्न वाध्य भएको छ । यी घटनाको बाछिटा नेपालमा परिसकेको छ । बलिया देशहरुको चासो र प्रभावले नेपालको राजनीतिमा ठूलो असरहरु देखिनथालिसकेको छ । दलहरुबीच र दलहरुभित्र शक्तिसंघर्ष चर्कदै गएको छ । राजनीतिक तरलता यसरी बढ्ने देखिन्छ कि कुन नेता कतिबेला असफल हुने र कस्को उदय हुने अवस्था विकास भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP