सोमबार , चैत्र २४, २०८१

कमल भण्डारीको जन्म वि.सं. २०४० चैत्र ४ गते ढिकुर पोखरी- ९, कास्कीमा भएको थियो । वि.सं. २०५६ सालमा राष्ट्रिय मावि पोखराबाट उनले एसएलसी परीक्षा उतिर्ण गरि पृथ्वी नारायण क्याम्पसमा अध्ययन गर्न थाले । बुबाको सल्लाह अनुसार कमल कराँते खेल्न थाले । वि.सं. २०५८ साल तिर साथी सुनिल पौडेलसँग मिलेर आफ्नो घरमा नै सिमेन्टको ब्लक लिएर व्यायाम गर्न थाले । पछि दाजु राजु कार्कीले नयाँ बसपार्कस्थित आफ्नै घरमा खोलेको व्यायामशालामा कमल जान थाले ।

वि.सं. २०६१ सालतिर कमलले पोखरा व्यायामशालाको सदस्यता लिए । उनको शारीरिक सुगठन तर्फको पहिलो प्रतियोगिता वि.सं. २०६२ सालमा आयोजना भएको तेस्रो मिष्टर पोखरा थियो । जसमा उनी ५५ केजी तौल समुहमा तेस्रो हुन सफल भएका थिए । छोरोले पहिलो प्रतियोगिताबाट नै राम्रो नतिजा ल्याएको देखर उनका पिता असाध्यै खुशी भएका थिए । बुबाको अनुहारमा देखिएको चमकले कमललाई खेलमा लाग्न थप हौसला मिल्यो । त्यही क्रममा कमलको चिनजान पोखराका शारीरिक सुगठन खेलका अग्रज खेलाडी शंकरमान उदाससँग भयो । जसले पोखरामा रत्नश्री नामक जिम संचालन गर्थे ।

वि.सं. २०६२ सालमा शंकरमान उदासले कमललाइ काठमाडौंमा नेपाल व्यायाम मन्दिरको आयोजना भएको दसौ धर्मश्री खुला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितमा भाग लिन लिएर गए । त्यहाँ कमलले पहिलो पटक राष्ट्रिय स्तरका खेलाडीहरु देख्ने अवसर पाए । उनीहरुको मिलेको र बलिष्ठ शरीर देखेर आफुले पनि अब त्यस्तै शरीर बनाउने प्रण गरे । वि.सं. २०६५ सालमा काठमाडौंमा नै आयोजना भएको पाचौँ राष्ट्रिय खेलकुद अन्तर्गत बाह्रौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितमा भाग लिए । आफ्नो बजन समुहमा दोस्रो स्थान हात पर्न सफल भए ।

वि.सं. २०६८ साल तिर कमल कला क्षेत्रमा तिर लागे । केही म्युजिक भिडियोहरु अभिनय गरेका कमललाई क्रमशः चलचित्रहरुमा समेत अफरहरु आउन थाल्यो । उनको प्रथम चलचित्र अन्तिम ग्रहण थियो । उनी पल्टन, नबोले नि हाँसी राख न, ओम, नाइके, सडक र गन्तव्य जस्ता झन्डै दर्जन बढी नेपाली चलचित्रहरुमा उनले आफ्नो अभिनयकला दर्शक सामु प्रस्तुत गरेर आफुलाई अब्बल कलाकारका रुपमा कला क्षेत्रमा स्थापित गराइ सकेका छन् ।

कमल करिब ढेड वर्ष वैदेशिक रोजगारीका शिलशिलमा मलेसिया समेत पुगे । त्यहाँ उनले कम्प्युटर हार्डवेयर सम्बन्धिमा काम गर्न अवसर पाए । परदेशको बसाईले उनलाई नेपालमा नै केहि गर्नुपर्छ भन्ने पाठ सिकायो । उनी नेपाल फर्किए । पुनः आफु पनि जिम गर्दै अरु साथीभाईहरु पनि सिकाउन थाले । स्थानीय सरकारी स्कुल कन्या माध्यमिक विद्यालयमा लेखापाल पदमा नियुक्ति समेत लिए । दिनभर सरकारी जागिर बिहान साँझ रत्नश्री जिममा ट्रेनरका रुपका कामकाज गर्ने थाले ।

उनको शारीरिक सुगठन खेल यात्रा समेत निरन्तर चलि रह्यो । वि.सं. २०७० सालमा नेपालगञ्जमा आयोजित चौधौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितमा उनी ६० केजी तौल समुहमा तेश्रो भए । २०७३ साल उनका लागि निकै महत्वपुर्ण रहेको उनी बताउँछन् । त्यहि साल उनले ५ वटा प्रतियोगिता स्वर्ण पदक जित्ने अवसर पाए ।

– २०७३ भाद्र १८ पश्चिमाञ्चल स्तरीय तेस्रो मिष्टर माछापुच्छ्रेमा ६० केजीमा स्वर्ण पदक ।

– २०७३ पुष ४ गते पश्चिमाञ्चल स्तरीय छैठौ मिष्टर पोखरामा ६० केजीमा स्वर्ण पदक ।

– पोखरामा सम्पन्न दोस्रो बुल्ल्स्मेन प्रतियोगितामा ५५ केजी तौल समुहमा सहभागी हुँदै स्वर्ण पदक ।

– चौधौ धर्मश्री खुला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितमा ५५ केजी तौल समुहमा नै सहभागी हुँदै स्वर्ण पदक ।

– छैठौ मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितमा ५५ केजी तौल समुहमा सहभागी हुदै स्वर्ण पदक जिते ।

कमलले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताहरुमा समेत आफ्नो उल्लेखनीय उपस्थिति दर्ज गर्न सफल भएका छन् । सन् २०१७ मा दक्षिण कोरियामा आयोजित ५१ औं एशियाली शारीरिक सुगठन प्रतियोगितमा पुरुष ५५ के जी तौल समुहमा उनले सहभागिता जनाउन अवसर पाए । जसमा उनी कास्य पदक जित्न सफल भए । त्यही साल नै मंगोलियामा भएको नवौ विश्व शारीरिक सुगठन प्रतियोगितमा उनले ५५ केजी तौल समुहमा सहभागिता जनाएका थिए । सन् २०१८ भारत पुणेमा आयोजित ५२औ एशियाली शारीरिक सुगठन प्रतियोगितमा समेत उनि सहभागी भए ।

सन् २०१९ मा नेपालमा आयोजित १२ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितमा कमलले पुरुष ६० केजी तौल समुहमा रजत पदक हात पार्न सफल भएका थिए । खेल क्षेत्रबाट नै उनले तेस्रो टि.भि.एस पोखरा स्पोर्ट्स अवार्ड २०७४ मा बर्ष उत्कृष्ट खेलाडीको उपाधिसँगै उनले मोटरसाइकल समेत हात पारेका थिए । हाल उनी पोखरा- ७, शान्तनगर स्थित रत्नश्री जिमका सञ्चालक समेत हुन् । कमल डाईट नेपालका उत्पादनहरुका ब्राण्ड एम्बोस्ड्रर पनि हुन । जीवनमा सबैभन्दा रमाइलो क्षण संझदै उनी भन्छन, “दक्षिण कोरियाबाट ५१ औ एशियाली शारीरिक सुगठन प्रतियोगितमा कास्य पदक जितेर पोखरा फर्कने क्रममा हजारौं पोखरेली जनसागरले स्वागत गर्दै र्याली सहित नगर परिक्रमा गराएको पल म जीवनमा कहिल्यै बिर्सन सक्दिन् ।”

कमल हिजोआज समेत जिममा बिहानदेखि साझँसम्म आफु जस्तै प्रतिभावान खेलाडी जन्माउन प्रयासरत छन् । कमल भन्छन्, “मानिसको जीवनमा सबैभन्दा ठुलो कुरा भनेको नै स्वास्थ्य हो । खेलमा नै आफ्नो भविष्य बनाउने उद्देश्यले खाइरहेको सरकारी जागीर पनि छोडे । तर, म खुशी नै छु । परिवार र साथीभाईको मायाले नै आज यो ठाउँ सम्म आई पुगेको छु । जन्मपछि मृत्यु अवस्यभावी छ, तर आफ्नो जीवनकालमा नै अझै केही राम्रो काम गरेर देखाउने चाहना छ ।” उनले सारा नेपालीलाई स्वास्थ्य राख्ने उद्देश्यका साथ BE-FIT नामक संस्था खोलेर सुगठित शरीर बनाउने विभिन्न तालिम कार्यक्रमहरु सञ्चालन समेत गर्ने गरेको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP