अस्ट्रेलिया। अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च स्तरमा पुगेको छ। केन्द्रीय बैंक रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) ले मंगलबार ब्याजदर बढाएर ४.८५ प्रतिशत पुर्याएको घोषणा गरेको हो।
यो सन् २००८ पछिकै सबैभन्दा उच्च ब्याजदर हो। ब्याजदर बढेसँगै घर कर्जा लिएका नागरिकको मासिक किस्ता थप महँगिने भएको छ भने सर्वसाधारणको आर्थिक भारसमेत बढ्ने देखिएको छ।
पहिलेदेखि नै महँगी र बढ्दो जीवनयापन खर्चको मार खेपिरहेका नागरिकलाई ब्याजदर वृद्धिले थप दबाबमा पार्नेछ। यसले सरकारमाथि पनि आर्थिक व्यवस्थापन र नागरिकलाई राहत दिने विषयमा दबाब बढाएको छ।











