मंगलबार , अषोज २७, २०८३

डार्विन, एनटी – Country Liberal Party (सीएलपी) ले नाइटक्लिफ निर्वाचन क्षेत्रबाट अञ्जन पौडेललाई आफ्नो आधिकारिक उम्मेदवार घोषणा गरेको छ। उक्त घोषणा उत्तरी क्षेत्रकी मुख्यमन्त्री Lia Finocchiaro ले आफ्नै आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेकी छन्।
फेसबुक पोस्टमार्फत मुख्यमन्त्रीले पौडेललाई समर्पित स्थानीय आवाजका रूपमा उल्लेख गर्दै उनी विगत एक दशकभन्दा बढी समयदेखि डार्विनलाई आफ्नो घर बनाउँदै आएको बताएकी छन्। पेशाले वकिल तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विशेषज्ञ रहेका पौडेल सन् २०२२ मा अष्ट्रेलियाली नागरिक बनेका थिए।
मुख्यमन्त्री फिनोच्चियारोले पौडेलसँग बलियो सामुदायिक सम्बन्ध, नयाँ ऊर्जा र नाइटक्लिफका बासिन्दाको प्रतिनिधित्व गर्ने दृढ प्रतिबद्धता रहेको उल्लेख गरेकी छन्। साथै उनले नाइटक्लिफ जस्तो परम्परागत रूपमा Australian Labor Party र Australian Greens को प्रभाव क्षेत्र मानिने क्षेत्रमा पौडेलले बलियो प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गरेकी छन्।
सीएलपीले हालको लेबर–ग्रीन्स नीतिको आलोचना गर्दै अपराध नियन्त्रण, आर्थिक पुनर्निर्माण तथा टेरिटोरीको विशिष्ट जीवनशैली पुनःस्थापना आफ्नो प्रमुख एजेन्डा हुने जनाएको छ। पार्टीले समुदायको सुरक्षालाई प्राथमिकता दिने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।
मुख्यमन्त्रीले आफू नाइटक्लिफ क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्ने र सशक्त सरकारका लागि आफ्नो धारणा प्रस्तुत गर्ने बताएकी छन्।
आगामी दिनमा चुनावी कार्यक्रम तथा सामुदायिक भेटघाटहरू सार्वजनिक गरिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP