मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् ।

मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमि भन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने महासचिव गुरुङको भनाइ छ । संवाद डबलीले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यो व्यवस्था र प्रणाली रहुञ्जेल मुलुकको नेतृत्व गर्ने कुरा राजनीतिक दलहरुको नेतृत्वले नै गर्नुको विकल्प नरहेको स्पष्ट पारे । राजनीतिक दलहरुभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र सत्तारुढ पाँच दलभित्र कहीँकतै पनि कुरा नउठेको महासचिव गुरुङको दाबी छ ।

‘संस्थागत रुपमा मैले यस्तो कुनै जानकारी पाएको छैन । पार्टीमा पनि कुरा उठेको छैन । पाँच दलीय गठबन्धनमा पनि सो कुरा कतैबाट उठेको छैन । तर पनि हिजोबाट कतिपय मिडियाहरुमार्फत यो कुरा आइरहेको छ । अव सुनेकै कुरा ठीक हो भने यो सोच, यो भिजन अहिलेको सिस्टमअनुकूलको भिजन होइन, दृष्टिकोण होइन । मल्टीपार्टी डेमोक्रेसीमा समाजमा रहेका विचारको आधारमा पार्टीहरु बन्छन् । त्यसकारणले विचारको आधारमा गर्ने भनेको नै सबैभन्दा वैज्ञानिक खालको विचार हो ।’

उनले थपे, ‘त्यसकारणले राजनीतिक पृष्ठभूमि, राजनीतिक विचारधारा, राजनीतिक मूल्य, मान्यता, आर्दशको आधारमा राइज भएका नेताहरुबाट नै मुलुकको अगुवा गर्न सक्छ, मुलुकको नेतृत्व गर्न सक्छ । राज्यका अंगहरुको नेतृत्व गर्न सक्छ भन्ने कुरा हो । यसको तात्पर्य दलका नेताहरुमा, राजनीतिक नेतृत्वहरुमा सीमारहित हुन्छन भन्ने होइन । सीमाहरु पनि हुन सक्छ । कमी कमजोरीहरु पनि हुन सक्छ । ती कमी कमजोरीका बाबजुद्त पनि अहिलेको सन्दर्भमा दलहरुको नेताहरुको विकल्प छैन । दलहरुको विकल्प छैन । दलीय प्रणालीको विकल्प छैन,’ उनले भने ।

महासचिव गुरुङले यो व्यवस्थाको प्रस्तावक रहेको भन्दै अब बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको दाबी रहेको पनि बताए । तर संसदमा कुनै पनि दलको बहुमत नभएकाले दलहरुबीचको सम्झौताबाट नै सरकारको नेतृत्व चयन हुने अवस्था मुलुकमा विद्यमान रहेको उनको भनाइ छ ।

माओवादी विचारले मुलुकलाई नेतृत्व गरेको र त्यसको नेता हुनुको नाताले पार्टी अध्यक्ष दाहालको नेतृत्वमा सरकार हुनु स्वभाविक हुने जिकीर समेत उनको छ । महासचिव गुरुङले मुलुकसामु चुनौती रहेकाले त्यसको सामना हुनेगरी सबै दलहरुले सहकार्य गरेर अघि बढ्न पर्ने अवस्था रहेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP