मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । विश्वकै सबैभन्दा होचा जीवित व्यक्ति बनेका छन् इरानका अफसिन इस्माइल गदरजादे बनेका छन्। उनको उचाइ ६५.२४ सेन्टिमिटर छ । गिनिज वर्ल्ड रेकर्डले प्रमाणीकरण गरेकामध्ये चौथो सबैभन्दा होचा व्यक्ति हुन् ।

अफसिन इरानको पश्चिम अजरबैजान प्रान्तस्थित बुकान काउन्टीका हुन् । उनी कुर्दिस र फारसी दुवै भाषा जान्दछन् । जन्मिँदा उनको तौल ७ सय ग्राम मात्र थियो। अहिले उनको तौल ६.५ किलो मात्र छ । होचो भएकै कारण उनी स्कुल जान सकेनन् । तर, भर्खरै उनले आफ्नो नाम लेख्न भने सिकेका छन् । जसका कारण उनी निकै खुशी छन् । ‘निरन्तरको उपचार र शारीरिक कमजोरीका कारण उसले पढ्न छाड्यो, नत्र उसलाई मानसिक समस्या छैन,’ उनका बुबा इस्माइल गदरजादे भन्छन् ।

अफसिन स्मार्टफोन चलाउन सिपालु छन् । तर, उनलाई फोन बोकेर हिँड्न सकस हुन्छ । ‘धेरैबेर चलाउनलाई फोन ज्यादा गह्रौँ हुन्छ । तैपनि म चलाउँछु,’ उनी भन्छन् । गाउँमा उनका लागि कुनै काम छैन । उनी कार्टुन हेरेर र सामाजिक सञ्जाल स्क्रोल गरेर समय कटाउँछन् । एक साथीको सहयोगमा उनी इन्स्टाग्राम चलाउँछन् ।

स्थानीयबासीम ाझ अफसिन निकै लोकप्रिय छन् । तर, गाउँमा उनी एक्लै हिँड्न सक्दैनन् । त्यसैले बुबा आमामध्ये सधैँ एक जना उनको साथमा हुनुपर्छ । उनी आफै हिँड्न सक्छन् । तर, कहिलेकाहीँ अरुले बोकेको मन पराउँछन् ।
बच्चाका लागि बजारमा आएका कपडा उनलाई ठिक हुन्छन् । तर, बच्चाका लागि भनेर बनाइएका डिजाइन उनलाई फिटिक्कै मन पर्दैन । त्यसैले सिलाउन दिएर कपडा तयार गर्छन् उनी । खेल नखेले पनि उनलाई जब कुर्दिस संगीत बज्छ, तब नाच्न खुब मन पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP