शनिबार , असार १३, २०८३

काठमाडौं । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले सरकारले राष्ट्रपति समक्ष पठाएको अध्यादेश देशको हितमा नरहेको भन्दै अविलम्ब फिर्ता हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले वर्तमान सरकार कामचलाउ र प्रधानमन्त्री शेरबहादुर देउवा संक्रमणकालीन प्रधानमन्त्री भएकाले यस्तो बेलामा देशको अहित हुने गरी अध्यादेश ल्याउनु गैरसंवैधानिक कदम भएको भन्दै अविलम्ब अध्यादेश फिर्ता लिन माग गरे ।

रावलले भने, ‘मुलुकी फौजदारी कार्यविधि संहितामा संशोधन गरेर, नेपाल सरकारले चाहेको अवस्थामा जुनसुकै अपराधमा सलग्न व्यक्ति किन नहोस्, निजले एउटा दल खोलिदिएपछि, ती कुरा माफी÷मिनाहा हुने कुरा गरिएको छ, यो संविधान र कानुनी दुवै दृष्टिकोणबाट पूर्णरूपमा गलत छ । प्रधानमन्त्री शेरबहादुर देउवा त कामचलाउ प्रधानमन्त्री हो । दीर्घकालीन असर पर्ने काम गर्नुहुन्छ ? राजनीतिक नैतिकता भएको व्यक्तिले यो काम गर्न सक्छ ?’

उनले अहिले आएको अध्यादेश निहित स्वार्थ बोकेर आएको रावलले आरोप लगाए । उनले भने, ‘यो गैरजिम्मेवार र अनैतिक काम पनि हो । अध्यादेश जारी गर्नै कुरा, यो कामचलाउ सरकार र संक्रमणकालिन अवस्थामा रहेका प्रधानमन्त्रीले गर्न मिल्दैन । अध्यादेश भनेको त कुनै काम तत्काल नगरी नहुने कुरामा जारी गर्ने व्यवस्था गरेको हो । म संविधान निर्माणको क्रममा सक्रिय भूमिका खेलेको व्यक्ति हुँ, लोकतन्त्रमा अध्यादेशबाट शासन गर्ने, निहित स्वार्थ पुर्ति गर्न अध्यादेशको सहारा लिने कुरा अलोकतान्त्रिक र अनैतिक काम हो । प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री बन्नको लागि केही अमुक दलहरुलाई खुशी बनाएर आफ्नो पक्षमा ल्याउन अध्यादेश जारी भएको कुरा बाहिर आएको छ । यो गलत हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP