सोमबार , अषोज २६, २०८३

न्युयोर्क । सौर्य मण्डलको रातो ग्रह मंगलमा कुनै बेला सागर रहेको पछिल्लो अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ कोपनहेगनले केही दिनअघि प्रकाशित गरेको अध्ययनले मंगलमा सागर रहेको हुन सक्ने देखाएको हो । अध्ययअनुसार साढ चार अर्ब वर्ष पहिले मंगल ग्रहमा ३०० मिटर गहिरो (एक हजार फिट) सागर थियो ।

‘त्यस समयमा मंगल ग्रहमा बरफले भरिएको क्षुद्र ग्रहको बाढी थियो । यो मंगल ग्रहको विकासको पहिलो १० करोड वर्षमा भएको थियो । अर्को रोचक पक्ष के छ भने क्षुद्रग्रहहरूले जैविक अणुहरू पनि बोकेका छन्, जुन जीवनका लागि जैविक रूपमा महत्वपूर्ण छन्ठ’, सेन्टर फर स्टार एण्ड प्लानेट फर्मेसनको एक विज्ञप्तिमा प्राध्यापक मार्टिन बिजारोले भने ।

बरफयुक्त क्षुद्र ग्रहहरूले मंगल ग्रहमा पानीको अतिरिक्त एमिनो एसिड जस्ता जैविक रूपमा महत्वपूर्ण यौगिकहरू पनि आफूसँगै लगेको अध्ययनमा जनाइएको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार मंगल ग्रहको औसत तापक्रम माइनस ८० डिग्री फरेनहाइट छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP