बुधबार , असार २४, २०८३

सिड्नी/ कोरोना महामारीबाट सिथिल भएको अर्थतन्त्रलाई उकास्न अष्ट्रेलियाले आफ्नो आप्रवास सम्बन्धी नीतिलाई खुकुलो बनाउन थालेको छ । हालै सार्वजनिक बजेटमा सन् २०२२/२३ का लागि स्थाई आप्रवासीको संख्या १ लाख ६० हजार तोकिएको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारले दक्ष आप्रवासीको संख्या बढाउन आफ्नो ध्यान केन्द्रित गरेको छ । दक्ष आप्रवासी अर्थात स्किल माइग्रेसन अन्तगर्त आगामी वर्ष १ लाख ९ हजार ९ सय कोटा छुट्याइएको छ । यो गत वर्षको तुलनामा ३० हजार बढी हो ।
स्किल कोटा मध्ये अघिल्लो वर्षको तुलनामा विजनेस एण्ड इनोभेसन एण्ड इन्भेष्टमेन्ट र ग्लोबल ट्यालेन्ट कोटा घटाइएको छ भने अन्य सबैमा संख्या बढाइएको छ ।

इम्प्लोयर स्पोन्सर विधामा २२ हजारबाट बढाएर ३० हजार कोटा छुट्याइएको छ भने स्किल इन्डिपेन्डेण्टमा यस अघिको ६ हजार ५ सयलाई बढाएर साढे १६ हजार बनाइएको छ । त्यस्तै स्टेट स्पोन्सर विधालाई २० हजार र रिजनल विधामा २५ हजार कोटा तोकिएको छ । त्यस्तै ५० हजार कोटा फेमिली विधाका लागि सुरक्षित राखिएको छ । पार्टरका लागि ४० हजार ५ सय, बच्चाका लागि ३ हजार र अभिभावकका लागि ६ हजार कोटा छुट्याइएको छ ।

आप्रवासीको संख्या कोभिडभन्दा अगाडीकै अवस्थामा फर्काउन यस्तो नीति ल्याएको सिड्नीका रजिष्टर्ड माइग्रेसन एजेण्ट हिरा कँडेलले जानकारी दिनुभयो । स्किल माइग्रेसनको संख्या बढ्नु निकै सकारात्मक भएको कँडेलको भनाई छ । तर, संख्या बढ्यो भन्दैमा थोरै पोइन्टस्मा पिआर आउछ भनेर ढुक्क चाहि हुन नहुने कँडेल बताउनुुहुन्छ । अष्ट्रेलियाले सधै उच्च दक्षता भएको मानिसलाई पिआर दिदै आएको छ’- कँडेलले भन्नुुभयो -‘पहिले कोटा कम हुदा विद्यार्थी पनि कम थिए, अहिले दुबै बढेकाले प्रतिष्प्रर्धा उस्तै कडा हुन्छ त्यसैले स्कोर बटुल्न अल्छी गर्न हुदैन ।’

@nepaltube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP