बिहिबार , बैसाख १८, २०८२

पत्रकार चन्द्रकान्त न्यौपाने कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा उठ्नु हुने भएको छ । सामुदायिक रेडियो मायादेवीका स्टेसन म्यानेजरका रुपमा रहनु भएका न्यौपानेले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि स्वतन्त्रतर्फबाट वडाध्यक्षमा उठ्ने घोषणा गर्नु भएको हो ।

आफ्नो आधिकारिक फेसबुकमा एक सन्देश लेख्दै उहाँले शिक्षित युवा समाज विकासमा सहभागि हुनुको विकल्प नभएको बताउनु भयो ।
उहाँ लेख्नुहुन्छ ‘वैशाख ३०, २०७९ मा हुने स्थानीय तह निर्वाचनको लागि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ को लागि ३स्वतन्त्रतर्फबाट वडा अध्यक्ष पदमा उठ्ने घोषणा गर्दछु। यसपछाडीका कारण, योजना तथा रणनीतिबारे प्रचारात्मक अभियानको क्रममा विस्तारै वडा तथा नगरबासीमा अवगत गराउँदै जाने छु। मेरो उम्मेदवारी कमिसनतन्त्र र भ्रष्टाचारको न्यूनिकरण, स्मार्ट विकास र शुशासनयुक्त प्रशासनिक सेवा प्रवाहको लागि हुनेछ। मेरो उम्मेदवारीको अर्को महत्वपूर्ण पक्ष सम्पूर्ण युवाप्रतिनिधित्व र विकासमा युवा सहभागिता पनि हो। यहाँ सबैबाट साथ, सहयोग, सुझाव र मार्गदर्शन प्राप्त गर्न पाउने छु भन्ने विश्वास पनि व्यक्त गर्दछु। आज नगरे, कहिले गर्ने? युवाले नगरे, कसले गर्ने? धन्यबाद।’

कपिलवस्तुसंगै बुटवल र काठमाण्डौँका राष्ट्रिय संचारमाध्यम (रेडियो, टेलिभिजन, अनलाइन ) मा लामो समयय पत्रकारिता गरिरहनु भएका न्यौँपानेले शिक्षित र उर्जाशिल युवालाई नेतृत्वमा पुग्ने मौका दिइए समाज परिवर्तन गर्न सकिने बताउनु भयो । वडा नम्बर ४ न्यौपानेको प्रभाव क्षेत्र हो । उहाँको घर पनि वडा नम्बर ४ झुँगामा पर्दछ । न्यौपाने पत्रकारितासंगै बिभिन्न सामाजिक संघसंस्थामा रही सामाजिक र मानवीय कार्यमासमेत अग्रसर हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP