मंगलबार , बैसाख २९, २०८३

पत्रकार चन्द्रकान्त न्यौपाने कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा उठ्नु हुने भएको छ । सामुदायिक रेडियो मायादेवीका स्टेसन म्यानेजरका रुपमा रहनु भएका न्यौपानेले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि स्वतन्त्रतर्फबाट वडाध्यक्षमा उठ्ने घोषणा गर्नु भएको हो ।

आफ्नो आधिकारिक फेसबुकमा एक सन्देश लेख्दै उहाँले शिक्षित युवा समाज विकासमा सहभागि हुनुको विकल्प नभएको बताउनु भयो ।
उहाँ लेख्नुहुन्छ ‘वैशाख ३०, २०७९ मा हुने स्थानीय तह निर्वाचनको लागि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ को लागि ३स्वतन्त्रतर्फबाट वडा अध्यक्ष पदमा उठ्ने घोषणा गर्दछु। यसपछाडीका कारण, योजना तथा रणनीतिबारे प्रचारात्मक अभियानको क्रममा विस्तारै वडा तथा नगरबासीमा अवगत गराउँदै जाने छु। मेरो उम्मेदवारी कमिसनतन्त्र र भ्रष्टाचारको न्यूनिकरण, स्मार्ट विकास र शुशासनयुक्त प्रशासनिक सेवा प्रवाहको लागि हुनेछ। मेरो उम्मेदवारीको अर्को महत्वपूर्ण पक्ष सम्पूर्ण युवाप्रतिनिधित्व र विकासमा युवा सहभागिता पनि हो। यहाँ सबैबाट साथ, सहयोग, सुझाव र मार्गदर्शन प्राप्त गर्न पाउने छु भन्ने विश्वास पनि व्यक्त गर्दछु। आज नगरे, कहिले गर्ने? युवाले नगरे, कसले गर्ने? धन्यबाद।’

कपिलवस्तुसंगै बुटवल र काठमाण्डौँका राष्ट्रिय संचारमाध्यम (रेडियो, टेलिभिजन, अनलाइन ) मा लामो समयय पत्रकारिता गरिरहनु भएका न्यौँपानेले शिक्षित र उर्जाशिल युवालाई नेतृत्वमा पुग्ने मौका दिइए समाज परिवर्तन गर्न सकिने बताउनु भयो । वडा नम्बर ४ न्यौपानेको प्रभाव क्षेत्र हो । उहाँको घर पनि वडा नम्बर ४ झुँगामा पर्दछ । न्यौपाने पत्रकारितासंगै बिभिन्न सामाजिक संघसंस्थामा रही सामाजिक र मानवीय कार्यमासमेत अग्रसर हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP