मंगलबार , बैसाख २९, २०८३

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले फेरि पनि मेयरमा उठ्ने व्यक्तिगत रहर नभएको बताएकी छन्।

मंगलबार कुरा गर्दै मेयर दाहालले पाँच वर्षसम्म मेयरका रूपमा रहँदा जनताको अपेक्षा पूरा गर्न सक्दो कोसिस गरेको बताइन्।

‘मेरो व्यक्तिगत हिसाबले मलाई रहर छैन। मैले त आफ्नो ठाउँबाट सकेको कोसिस गरें। जनताले जे अपेक्षा गरेर भोट हालेर जिताउनुभयो, मैले आफ्नो कर्तव्य कति पालना गरेँ, पूरा गरेँ कि गरिनँ त्यसको समग्र मूल्यांकन जनताले गर्नुहुन्छ,’ दाहालले भनिन्, ‘म आफ्नो ठाउँबाट सन्तुष्ट छु। फेरि मेयरमा दोहोर्‍याउनुपर्ने मेरो व्यक्तिगत रहर छैन।’

जनताले रेनु नै आउनुपर्छ भने र पार्टीले पनि त्यही निर्णय गर्‍यो भने पुनः मेयरमा उठ्न तयार रहेको उनले बताइन्।

उनले आफूले गरेको काम देखेर जनस्तरबाट अब कम्तीमा एकचोटि राजनीतिभन्दा माथि उठेर तपाईं आइदिनुपर्‍यो भन्ने आवाज बढिरहेको बताइन्।

‘जनस्तरबाट राजनीतिक दलभन्दा माथि उठेर समग्र विकासलाई ध्यानमा राखेर एकचोटि तपाईंलाई यहाँबाट जाने छुट छैन भन्ने पनि छ। यहाँको वस्तुगत आवश्यकता पनि होला,’ उनले भनिन्,‘अहिलेको स्थितिलाई थेग्ने खालको ‘लिडरसीप’ अबको आवश्यकता हो। यसलाई निरन्तरता दिने खालको अहिलेको नेतृत्व अबको आवश्यकता र समयको माग हो।’

दाहालले आगामी दिनको परिस्थिति कसरी अघि बढ्छ त्यसलाई हेरेर पार्टीले निर्णय गर्ने बताइन्।

‘यदि मेरो आवश्यकता यही हो भने जनता र पार्टीले भने हिजो सबै खाले चुनौतीमा त जनता र राष्ट्रको हितलाई केन्द्रमा राखेर होमिएको हो, अहिले पनि म तयारै छु,’ उनले भनिन्।

मेयर दाहालले यहाँ भएका कामका कारण देशका अन्य महानगरपालिकको भन्दा भरतपुरको चर्चा परिचर्चा बढी हुने गरेको दाबी गरिन्।

आफूले गरेका राम्रा कामका कारण राजनीतिक दलहरूले देशको राजधानी रहेको काठमाडौं महानगरपालिकालाई भन्दा भरतपुरलाई बढी प्रतिष्ठाको विषय बनाइरहेको उनले बताइन्।

‘देशमा त ६ वटा महानगरपालिका छन्। काठमाडौं देशको राजधानी त्यहाँको चर्चा छैन को उम्मेदवार उठ्ने भनेर। कुनै पनि राजनीतिक दलको प्रतिष्ठाको विषय बनेको छैन,’ उनले भने, ‘भरतपुर भने विगतमा पनि दलहरूको प्रतिष्ठाको विषय बन्यो अहिले पनि बनिरहेको छ को उम्मेदवार उठ्ने भनेर।’

@setopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP