मंगलबार , बैसाख २९, २०८३

स्टार एलाइन्स इन्टरटेन्टमेन्ट्सको आयोजनामा यही मे २० देखि ‘एक्सपर्ट सोनु निगम एकल साँझ’ सुरू हुने भएको छ।

‘सिम्फोनी अर्केस्ट्रा रफी किशोर और मे नाम’ दिइएको सोनु निगमको यो सांगीतिक कार्यक्रम अस्ट्रेलियाका ६ वटा प्रमुख सहरमा हुनेछ।

एक्सपर्ट एजुकेशनको पारामाटा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गर्दै एक्सपर्टका निर्देशक मन्जित घिमिरे र स्टार एलाइन्सका चिराग पारेख हस्ताक्षर गरेका हुन्।

सो कार्यक्रम सिड्नी, क्यानबेरा, पर्थ र एडिलेडको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेशन रहने र ब्रिजबेनमा टाइटल स्पोनसर तथा मेलवर्नमा भिषा पार्टनरका रूपमा रहने पनि कार्यक्रमा आयोजकको तर्फबाट स्टार एलाइन्सका चिराग पारेखले बताए।

अस्ट्रेलियाका मुख्य ६ सहरमा पहिलो पटक यति ठूलो सांगीतिक कार्यक्रम आयोजना हुन लागेको बताउँदै आयोजकले यसका लागि कुल १३ लाख अस्ट्रेलियन डलर बजेट छुट्याएको उनले बताए।

सोनु निगम एकल साँझका लागि निकै ठूलो अर्केस्ट्रा टोली समेत भारतबाट अस्ट्रेलिया आउने बताइएको छ।

एक्सपर्ट सोनु निगम लाइभ कन्सर्टको सुरूआत भने २० मेमा ब्रिसबेनबाट प्रारम्भ हुनेछ। त्यसपछि मे २१ मा सिड्नीको हिलसङ कन्भेन्सन सेन्टरमा, मे २८ मा मेलवर्न, मे २९ मा क्यानबेरा तथा एडिलेडमा जुन ४ र पर्थमा जुन ५ मा अन्तिम सांगीतिक कार्यक्रम हुने तय गरिएको आयोजकले जनाएको छ।

कोभिडको लामो बन्दपछि पहिलो पल्ट चर्चित भारतीय गायक अस्ट्रेलिया भ्रमणमा आउन लागेको र यसले सबैलाई उत्साहित बनाएको कार्यक्रमका बजार व्यवस्थापक मन्जित चोपराले बताए।

कार्यक्रममा एक्सपर्टले प्रोमो कोडमार्फत् टिकटमा दश प्रतिशत छुट तथा विद्यार्थीकाका लागि आकर्षक नि:शुल्क टिकटको प्रतिस्पर्धा समेत गराउने घिमिरेले सुनाए। त्यसमा दुई लक्की विजेताले कार्यक्रममा नि:शुल्क प्रवेशसँंगै सोनु निगमसँग भेटको अवसर समेत पाउने छन्।

@setopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP