मंगलबार , बैसाख २९, २०८३

उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको विवरणअनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकेजी ९० रुपैयाँ पर्ने गर्दछ ।

प्रतिक्विन्टल उपल्लो डोल्पाको सालदाङमा जिरा मसिनोको मूल्य सात हजार रुपैयाँ, मोटाको पाँच हजार र सोना पाँच हजार ६०० रुपैयाँमा कम्पनीले उपलब्ध गराउदै आएको छ । सुर्खेतदेखि धोसम्मको प्रतिकेजी ६५ रुपैयाँ, धारगाउँ ५६ रुपैया र सालदाङमा ९० रुपैयाँमा प्रतिकेजी चामलको ढुवानी भाडा लाग्दै आएको छ ।सबैभन्दा बढी सालदाङमा चामल पुर्‍याउन नौ हजार रुपैयाँ ढुवानी भाडा लाग्छ भने चामलको मूल्य सबैभन्दा बढी प्रतिक्विन्टल सात हजार रुपैयाँ छ । जबकि ढुवानी भाडा चामलको मूल्यभन्दा दुई हजार रुपैयाँ बढी छ ।

निजी क्षेत्रबाट बिक्री गर्ने चामलमा ३० केजीको चामललाई ‘धो’ मा ६ हजार पर्छ भने ‘तिन्जे’मा ७ हजार रुपैयाँ पर्ने गरेको डोल्पोबुद्ध गाउँपालिका–१ का पेमा गुरुङले बताइन् । सात हजार रुपैयाँ तिरेर पनि खाद्यान्न पाउन नसकेको उनले गुनासो गरिन् ।

हिमपातका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलसमेत ढुवानी कार्य रोकिएको छ । चामल ढुवानीको जिम्मेवारी लिएका ठेकेदारले तोकिएको समयमा चामल उपल्लो डोल्पामा ढुवानी नगर्दा अहिले समस्य आएको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए ।

५०० कोटा रहेको शे फोक्सुण्डोको सालदाङमा अहिलेसम्ममा १८० क्विन्टल मात्र चामल पुगेको छ । डोल्पोबुद्ध गाउँपालिका ‘धो’मा ५०० क्वन्टल कोटा रहेकोमा चामल ढुवानी गर्ने जिम्मवारी लिएको ओम जय दुर्गे ढुवानी सेवाका रामचन्द्र रोकायले अहिलेसम्ममा चामल ढुवानी नगर्दा खाद्यान्न अभाव भएको छ । त्यहाँ अहिले हिमपात भएकाले ढुवानी गर्नसमेत मुस्किल भएको होे ।

त्यस्तै छार्काताङसोङ गाउँपालिकाको ‘धारगाउँ’मा चामल ढुवानी गर्ने जिम्मेवारी लिएको नमुना ढुवानी सेवाका चेतकुमार शाहीले अहिलेसम्ममा चामल ढुवानी गरेका छैनन् । सो ठाउँमा पनि ५०० क्विन्टल चामल ढुवानी गर्ने सहमति छ ।

यी सबै कम्पनीका बिक्री केन्द्रहरू हुन् । कम्पनीले तल्लो डोल्पाको जगदुल्ला गाउँपलिकाको काइगाउँमा ५०० क्विन्टल, जुफालमा ३६० क्विन्टल र दुनैमा ५१० क्विन्टल चामल मात्र ढुवानी गरेको छ । सजिलै ढुवानी हुने ठाउँमा मात्र चामल पुर्‍याएको छ भने उपल्लो डोल्पामा अहिलेसम्ममा यो आर्थिक वर्षमा एक गेडा चामल लिइएको छैन । ढुवानीको जिम्मेवारी लिएका ठेकेदारका लापरबाहीका कारण उपल्लो डोल्पामा चामल पुग्न नसकेको हो ।

सदरमुकाम दुनैमा भरिभराउ चामल रहेको छ भने उपल्लो डोल्पामा खाद्यान्न ढुवानी नहुँदा निकै समस्य भएको धोका पेमा गुरुङले बताए । उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नका लागि अब हवाइ मार्गबाहेक अन्यमा सम्भावना नरहेको सर्वसधारणहरू बताउँछन् । ठेक्का लिने र समयमा काम नगर्ने ठेकेदारका कारण उपल्लो डोल्पाका सर्वसाधारणहरू मर्कामा परेको गुरुङले बताए ।

सुर्खेतबाट उपल्लो डोल्पा प्रतिकेजी ९० रुपैयाँमा खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न पु¥याउने गर्दछ भने निजी क्षेत्रका व्यापारीले दुनैबाट उपल्लो डोल्पासम्म लिएर ८८ रुयैयाँदेखि १०० रुपैयामा ढुवानी हुने गर्दछ । जसका कारण निजी क्षेत्रले उपल्लो डोल्पामा २४० रुपैयाँसम्म प्रतिकेजी चामल खरिद गरेर खानु पर्ने बाध्यता छ । न्यूजकारखाना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP