मंगलबार , बैसाख २९, २०८३

सिंहदरबारको पश्चिम गेटदेखि भृकुटीमण्डपसँग नेपाली कांग्रेसको १४औं महाधिवशेनका बाक्लो चहलपहल थियो । कांग्रेसको आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्नुअघि प्रत्येक समूहका कार्यकर्ताले भोट माग्ने र समर्थकले नाराबाजी गर्ने गरिरहँदा भृकुटीमण्डपमा निकै भीड भएको थियो । उम्मेदवारी दिनुअघि सभापतिका उम्मेदवार प्रकाशमान सिंहले सम्पर्क कार्यालय बनाएको स्थान नेपाल साल्ट ड्रेडिङ (बग्गीखाना) परिसरमा पनि निकै ठूलो घुइँचो थियो ।

धिमे र पञ्चेबाजासहित प्रकाशमानको पक्षमा समर्थकहरू नारा लगाइरहेका थिए । श्रेष्ठका समर्थकले बग्गीखाना भरिभराउ थियो । पौडेल समूह छोडेर श्रेष्ठको प्यानलबाट उपसभापति घोषणा गरेका सुजता कोइराला र पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्टि जनाउँदै महामन्त्रीमा उम्मेदवार बनेका विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राजन केसीसहितका नेताहरू एकसाथ देखिएपछि माहोल झन् फरक बनेको थियो ।

प्रकाशमानको पक्षमा नारा लागिरहँदा बग्गीखाना परिसरमा कांग्रेसको झण्डासँगै नेकपा माओवादी केन्द्रको झण्डा पनि बीच–बीचमा देखिएको थियो । बग्गीखाना परिसरभित्रै रहेको यलाम्बर पार्टी प्यालेसमा माओवादी केन्द्रको प्रदेश कमिटिको सम्मेलन आयोजना गरिएकाले त्यहाँ माओवादीको पनि झण्डा देखिएको थियो । कांग्रेसका कार्यकर्ताहरू झण्डा बोकेर पार्टी प्यालेसभित्र प्रवेश गरेपछि माओवादीका नेता कार्यकर्ताहरू मुखामुख गरिरहेका र माओवादीको झण्डा देखेर कांग्रेसका कार्यकर्ता बाहिर निस्कँदै गरेको दृश्य रोचक देखिन्थ्यो । कार्यक्रममा सहभागी हुन आएका माओवादीका प्रदेश कमिटिका नेताहरू बाहिर कांग्रेसको झण्डा र ब्यानर देखेर अलमलमा परेका थिए ।

बाहिर सभापतिका उम्मेदवार प्रकाशमान सिंहले भाषण गरिरहँदा सोही परिसरभित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यबाट सम्बोधन गरिरहनुभएको थियो । कार्यक्रमस्थलमा सहभागी कांग्रेस र माओवादीका कार्यकर्ताहरू भने माओवादी र सिंहको भाषण चाखपूर्ण रूपमा सुनिरहेका थिए । माओवादीले पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सो पार्टी प्यालेसमा प्रदेश कमिटिको सम्मेलन आयोजना गरेको थियो भने सिंहले केहीअघि मात्र साल्ट ट्रडिङको भवनलाई सम्पर्क कार्यालय बनाएका थिए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP