मंगलबार , बैसाख २९, २०८३

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कुनैपनि पदमा उम्मेदवारी दिएनन् । निर्वाचन समितिले मनोनयन दर्ताका लागि दिएको समयमा पौडेलले कुनै पनि पदमा उम्मेदवारी नदिएका हुन् । पौडेल यसअघि सभापतिको आकांक्षी थिए भने आफ्नो समूहमा सहमति नभएर विभाजन आएपछि कुनैपनि पदमा उम्मेदवारी दर्ता नगराएका हुन् ।

आजै एक विज्ञप्तिमार्फत पौडेलले १४ औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट आफू अलग भएको बताएका थिए । उनले राष्ट्रिय राजनीतिमा भने आफ्नो भूमिका रहिरहने प्रस्ट पारेका थिए । पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने थलोमात्र नभएर यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिन आवश्यक हुने उनले बताएका छन् । ‘म नेपाली काँग्रेस पार्टीका तमाम कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूलाई यो दिशामा आफ्नो ध्यान लगाउन र सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रह गर्दछु,’ पौडेलले विज्ञप्तिमार्फत भनेका छन् ।

काँग्रेसमा अहिले विचलन आइरहेको अनुभव आफूले गरेको पनि उनले खुलाएका छन् । ‘पार्टी सत्ताको भर्‍याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बीपी, गणेशमान र किशुनजीले आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, संघर्ष गर्नुभयो,’ उनले भनेका छन्, ‘त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेको छ ।’

संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको पौडेलको टिप्पणी छ । ‘चौधौं महाधिवेशनमा आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छ, प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नुपर्ने अवस्थामा म पुगेँ,’ उनले भनेका छन्, ‘तथापि एउटा इमानदार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडि नै रहनेछु ।’

यस्तै कृष्णप्रसाद सिटौला, परराष्ट्रमन्त्री डा.नारायण खड्काले पनि कुनै पदमा उम्मेदवारी दर्ता गराएनन् । यस्तै यसअघि सभापतिको आकांक्षी रहेका महामन्त्री शशांक कोइरालाले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP