सोमबार , भाद्र १५, २०८३

नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला १३औं महाधिवेशनमा सभापतिका उम्मेदवार थिए । त्यतिबेला उनले प्राप्त गरेको मतले सभापतिको प्रतिष्पर्धालाई दोस्रो चरणमा पुर्याएको थियो ।

सिटौलाले त्यतिबेला शेरबहादुर देउवालाई सघाएकापछि उनकै पल्लाभारी भयो । सिटौलाले तेस्रो धारलाई १४औं महाधिवेशनको अघिसम्म टिकाउन सके । तर, उनलाई आफ्ना केही हस्तीले छाडे ।

महामन्त्रीका उम्मेदवार गगन थापाले गुट परिवर्तन गरे । त्यसपछि सिटौला आक्रोशित भए । उनले प्रदीप पौडेललाई देउवा समूहको महामन्त्रीको उम्मेदवार बनाए । सिटौला आफै सभापतिका उम्मेदवार देउवाका प्रस्तावक भए । यसरी सिटौला समूह विलय भयो ।

नेपाली काँग्रेसको राजनीतिमा १३औं देखि १४औं महाधिवेशनको बीच सिटौला समूह महत्वपूर्ण शक्ति बन्यो । तर, प्रदीप पौडेलको टिममा महामन्त्रीमा पर्ने सफलतासँगै सिटौला समूहको विलय भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP