सोमबार , भाद्र १५, २०८३

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि नेपाली कांग्रेसका नेताहरु डा मीनेन्द्र रिजाल, गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा जारी छ ।

यसअघि आजै सभापति पदका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका थिए । उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी र देवराज चालिसेले उम्मेदवारी दर्ता गराएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।-रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP