शुक्रबार , बैसाख २६, २०८२

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कुनै हालतमा पछि नहट्ने अडानमा छन् । नेपाल बार एशोशिएसनले उनको राजीनामा माग्दै दैनिक सर्वोच्च अदालतको मूलगेटमा अवरोध गर्दै आएपनि जबरा टसमस भएका छैनन् ।

हरेक दिन कार्यालय समयमा जबरा सर्वोच्च अदालत पुग्न थालेका छन् । उनी एक्लै अदालतमा इजलास तोकेर फैसलाहरु पनि गरिरहेका छन् । सर्वोच्चका न्यायाधीशहरु इजलासमा बसेका छैनन् । तर, जबरा कुनै हालतमा पछि नहट्ने अडानमा छन् ।

संविधान अनुसार जबरालाई हटाउन प्रतिनिधि सभाको एक चौथाई सदस्यको हस्ताक्षरबाट महाभियोग लगाएर दुई तिहाईबाट पारित गर्नुपर्छ । त्यसबाहेक उनले राजीनामा दिएर स्वीकृत भएको अवस्थाबाहेकमा पदमुक्त हुनेछैनन् । जबरा संविधान बमोजिम बाहेक दायाँबायाँ नगर्ने पक्षमा उभिएका छन् ।

राजीनामा नदिने अडान कसेका जबरालाई हटाउन महाभियोग ल्याउन दलहरुमाथि बार एशोशिएसन, केही पूर्व प्रधानन्यायाधीश र पूर्व न्यायाधीशहरुले माग गर्न थालेका छन् । तर, प्रधानन्यायाधीश जबराको सवालमा दलहरु कोही पनि खुलेका छैनन् । भित्र भित्र दलहरु र तिनका मुख्य नेताहरु पक्ष वा विपक्षमा छन् ।

नेपाली काँग्रेस प्रधानन्यायाधीश जबराको विषयमा नबोल्ने भएको छ । काँग्रेसभित्र सभापति शेरबहादुर देउवा राजीनामाको विपक्षमा उभिएका छन् । उनीइतर समूहले भने निकास निकाल्नुपर्ने भन्दै दबाब बढाएको छ । काँग्रेसनिकट कानुन व्यवसायीहरुको संगठनले इजलासमा नबस्ने न्यायाधीशहरुको आलोचना गरिसकेको छ ।

नेकपा एमाले पनि प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन वाध्य पार्ने कदमको विपक्षमा छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको भन्दै जबरा र ४ न्यायाधीशप्रति असन्तुष्ट छन् । तर, उनले राजीनामा गर्ने भए जबराले मात्र नभई पाँचैजनाले गर्नुपर्ने तर्क गरेका छन् । यसकारण पनि उनी जबराको पक्षमा देखिन्छन् ।

प्रधानन्यायाधीश जबरा संवैधानिक परिषदमा आफूसमेत उपस्थित भएर गरेको संवैधानिक निकायका नियुक्ति संविधान बमोजिम भएको जिकिर गरिसकेका छन् । उनले यस विषयमा पनि अडान लिइरहेका छन् । यसकारण पनि ओलीले भित्री रुपमा जबरालाई साथ दिदै आएका छन् ।

देउवा र ओलीको साथ पाएकाले जबरा टसमस भएका छैनन् । तर, अन्य दल र नेताहरु भने जबरालाई हटाउने पक्षमा भित्री रुपमा लागेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेताहरु उपेन्द्र यादव र डा. बाबुराम भट्टराई भने जबराको बर्हिगमनको पक्षमा छन् । उनीहरु खुलेका छैनन् । तर, जबराले कि त संवैधानिक निकायको नियुक्ति खारेजीका लागि मार्ग खोलिदिउन् कि त आफै राजीनामा दिएर जाउन् भन्ने पक्षमा छन् । अहिले सर्वोच्च अदालतमा विरोधमा देखिएकामध्ये अधिकांश प्रचण्ड र माधवकुमार नेपालनिकट कानुन व्यवसायीहरु छन् । यसले पनि राजनीतिक स्वार्थ र चाहना प्रतिबिम्बित हुन्छ ।

अर्कोतर्फ, अदालतको अहिलेको विषयमा बाह्य शक्तिको पनि चासो देखिएको छ । जबराको पृष्ठभूमि राणा परिवार भएको र उनी अहिलेको राजनीतिक प्रणालीप्रति सन्तुष्ट छैनन् भन्ने चर्चा चलेको छ । यो प्रणालीप्रति बाह्य शक्ति पनि पक्ष या विपक्षमा छ । यसले अहिले अदालतको विकसित घटनाक्रमलाई निकै असर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP