
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा (एमाले)मा विद्रोह गरेर नयाँ पार्टी बनाएकोमा माधव नेपाललाई बधाइ दिएका छन्।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत ‘ढिलै भए पनि थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाएको’ भन्दै माधव नेपालसहितका नेतालाई बधाइ दिएका हुन्।
उनले पार्टीहरु फुट्नुलाई सामान्यतयाः राम्रो नमानिए पनि पुरानोको ध्वंसविना नयाँ निर्माण नहुने बताएका छन्।