सोमबार , अषोज २६, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको एक विवादास्पद अडियो सार्वजनिक भएपछि उनी आलोचनाको घेरामा परेका छन्। उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ।

सोमबार जनआस्था साप्ताहिकले उक्त अडियो सुनारकै भएको दाबी गर्दै सार्वजनिक गरेको हो। केही वर्षअघि रेकर्ड गरिएको भनिएको अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म यस विषयले चर्चा पाएको छ।

अडियोमा प्रयोग गरिएका शब्द र अभिव्यक्तिलाई लिएर विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ। घटनापछि सुनारलाई सांसद पदबाट राजीनामा दिन लगाउनुपर्ने तथा उनीमाथि कानुनी प्रक्रिया अघि बढाउनुपर्ने मागसमेत उठ्न थालेको छ।

विवाद चर्किएपछि सुनारको प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल फोन बन्द रहेको बताइएको छ। सञ्चारमाध्यमले पटक–पटक सम्पर्क गर्ने प्रयास गरे पनि उनी सम्पर्कमा नआएको जनाइएको छ।

यस विषयमा पार्टीको आधिकारिक धारणा बुझ्न खोज्दा रास्वपाका प्रवक्ता जगदीश खरेलले तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। आफू काठमाडौँबाहिर रहेको र घटनाबारे विस्तृत जानकारी नभएकाले बुझेर मात्रै प्रतिक्रिया दिने उनको भनाइ छ।

सांसद सुनार यसअघि पनि विभिन्न विवादमा मुछिँदै आएका छन्। प्रहरी पोसाक खरिदमा अनियमितताको आरोप, प्रहरी महानिरीक्षकसँगको विवाद, प्रस्तावित राजदूत नियुक्तिसम्बन्धी प्रकरणमा नाम जोडिनु तथा गाईसम्बन्धी अभिव्यक्तिका कारण उनी पटक–पटक चर्चामा आएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP