बुधबार , अषोज ७, २०८३

डार्विन — नर्दर्न टेरिटोरीको संसद् भवनमा नेपाली समुदायको सहभागितामा दशैं रिसेप्सन २०२६ आयोजना हुने भएको छ।

नर्दर्न टेरिटोरीका बहुसांस्कृतिक मामिलामन्त्री माननीय जिन्सन चार्ल्स एमएलएको निमन्त्रणामा आयोजना हुने कार्यक्रममा नेपाली समुदायलाई सहभागी हुन आमन्त्रण गरिएको हो।

रिसेप्सन शुक्रबार, १६ अक्टोबर २०२६ मा साँझ ५:३० बजेदेखि ७:०० बजेसम्म संसद् भवनको मेन हल, १५ मिचेल स्ट्रिट, डार्विन सिटीमा आयोजना हुनेछ।

आयोजकका अनुसार कार्यक्रम निःशुल्क भए पनि सहभागिताका लागि पूर्वदर्ता अनिवार्य गरिएको छ। कार्यक्रममा अधिकतम २५० जनामात्र सहभागी हुन सक्ने र स्थान ‘पहिले दर्ता गर्नेले पहिले पाउने’ आधारमा उपलब्ध गराइने जनाइएको छ।

दर्ता शुक्रबार, २५ सेप्टेम्बर २०२६ को मध्यरातसम्म खुला रहनेछ। २५० स्थान पूरा भएमा तोकिएको समयअघि नै दर्ता बन्द गरिने आयोजकले जनाएको छ।

सहभागीहरूले उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरेर वा अनलाइन दर्ता फाराममार्फत आफ्नो नाम दर्ता गर्न सक्नेछन्। दर्ता फाराम बुझाएपछि संसद् भवनबाट आधिकारिक निमन्त्रणा प्राप्त हुने र त्यसपछि RSVP प्रक्रिया पूरा गर्नुपर्नेछ।

दशैंको अवसरमा नर्दर्न टेरिटोरीको संसद् भवनमा आयोजना हुन लागेको यस कार्यक्रमले नेपाली समुदायलाई राज्य सरकारका प्रतिनिधिहरूसँग भेटघाट तथा दशैंको शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

दर्ता लिंक:
https://forms.cloud.microsoft/r/Fap9qkvB1z

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

Check Your Mailbox: Multicultural Leaders Urge Communities to Be Counted in the 2026 Census

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival


TOP