सोमबार , अषोज २६, २०८३

डार्विन । अस्ट्रेलियामा आप्रवासीको संख्या उल्लेख्य रूपमा कटौती गर्न राजनीतिक दबाब बढिरहेका बेला यहाँ कार्यरत चिकित्सकहरूले राजनीतिक दलहरूलाई यस विषयमा सावधानीपूर्वक कदम चाल्न आग्रह गरेका छन्।

आप्रवासनमा गरिने ठूलो कटौतीले विशेषगरी अस्पताल तथा क्षेत्रीय समुदायमा अप्रत्याशित असर पार्न सक्ने चिकित्सकहरूको भनाइ छ। स्थानीय सञ्चारमाध्यम सेभेन न्यूजको रिपोर्टअनुसार, चिकित्सकहरूले आप्रवासीको संख्या घटाउने नीतिले देशको स्वास्थ्य सेवा प्रणालीमा पार्न सक्ने प्रभावबारे सचेत गराएका हुन्।

केही समयअघि सार्वजनिक गरिएको तथ्यांकअनुसार, अस्ट्रेलियामा कार्यरत करिब ३० प्रतिशत चिकित्सक, ४० प्रतिशतभन्दा बढी जनरल प्राक्टिसनर (जीपी) र आधाभन्दा बढी इन्टेन्सिभ केयर विशेषज्ञहरूले विदेशमा तालिम प्राप्त गरेका छन्।

साउथ अस्ट्रेलियन अस्ट्रेलियन मेडिकल एसोसिएसनका अध्यक्ष तथा सह-प्राध्यापक पिटर सुब्रमण्यमका अनुसार, विदेशमा तालिम प्राप्त चिकित्सकहरूले स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव मात्र पूर्ति गरिरहेका छैनन्, उनीहरू समग्र स्वास्थ्य सेवा प्रणाली सञ्चालनमा समेत महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।

उनले भने, “उनीहरूले खाली ठाउँ मात्र भरिरहेका छैनन्। वास्तवमा उनीहरूले नै समग्र स्वास्थ्य प्रणाली धानेका छन्।”

चिकित्सकहरूको यो चेतावनीले आप्रवासन नीतिमा परिवर्तन गर्दा स्वास्थ्य क्षेत्रमा निर्भर विदेशी जनशक्ति, अस्पतालको सेवा प्रवाह र क्षेत्रीय समुदायको स्वास्थ्य सेवामा पर्न सक्ने प्रभावलाई ध्यान दिनुपर्ने विषयलाई पुनः चर्चामा ल्याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP