सोमबार , अषोज २६, २०८३

डार्विनस्थित श्री सिद्धि विनायकर मन्दिरमा गत शुक्रबार स्वयंसेवक सम्मान तथा विशेष पूजा कार्यक्रम आयोजना गरिएको छ। केही समयअघि सम्पन्न मन्दिरको पहिलो वार्षिक महोत्सव सफल बनाउन सहयोग गर्ने स्वयंसेवक, भक्तजन तथा समुदायका सदस्यहरूलाई सम्मान गर्न कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा Northern Territory का Multicultural Affairs Minister Hon. Jinson Charls MLA प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले स्वयंसेवकहरूलाई प्रमाणपत्र प्रदान गर्दै समुदायका लागि उनीहरूले गरेको योगदानको प्रशंसा गर्नुभयो।

कार्यक्रममा Multicultural NT का अध्यक्ष Dr Edwin Joseph ले पनि मन्तव्य राख्नुभएको थियो।
मन्दिरका प्रमुख पुजारीको नेतृत्वमा भक्तजन तथा स्वयंसेवकहरूका लागि विशेष पूजा तथा अभिषेक आयोजना गरिएको थियो। त्यसपछि सांस्कृतिक प्रस्तुति र सामूहिक भोजनसमेत गरिएको थियो।

Hindu Society of Northern Territory का अध्यक्ष कृष्णप्रदीपले कार्यक्रममा उपस्थित सबै स्वयंसेवक, भक्तजन तथा समुदायका सदस्यहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। उहाँले मन्दिरको वार्षिक महोत्सव सफल बनाउन स्वयंसेवकहरूले पुर्‍याएको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो।
कार्यक्रमले मन्दिर, स्वयंसेवक र व्यापक बहुसांस्कृतिक समुदायबीचको सहकार्य र सहभागितालाई सम्मान गरेको आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP