सोमबार , अषोज २६, २०८३

मिनिस्टर फर स्मल बिजनेस डा. एनी एलीसँगै संघीय सांसद लुक गोस्लिङ एमपीले Molloy Electrical Contracting (MEC NT) को भ्रमण गर्दै टेरिटोरीका रोजगारदातामा हालै गरिएको Working Holiday Maker (WHM) भिसा व्यवस्थामा आएको परिवर्तन र त्यसको सम्भावित प्रभावबारे छलफल गरेका छन्।

MEC NT मा ४० जनासम्म Working Holiday Makers ट्रेड असिस्टेन्ट, लेबरिङ तथा सपोर्ट भूमिकामा कार्यरत छन्। कम्पनीले २० जना Apprentices लाई समेत तालिम तथा रोजगारी दिइरहेको छ।

कम्पनीले स्थानीय Territorians मा लगानी गरिरहेको भए पनि टेरिटोरीमा निर्माण तथा विद्युतीय क्षेत्रमा आवश्यक जनशक्ति पूरा गर्न Working Holiday Makers लगायत दक्ष आप्रवासी कामदारको भूमिका महत्वपूर्ण रहेको बताइएको छ।

कार्यक्रममा सहभागीहरूले नयाँ WHM भिसा व्यवस्थाले टेरिटोरीका व्यवसाय, श्रमिक उपलब्धता र निर्माण क्षेत्रमा पार्न सक्ने प्रभावबारे छलफल गरेका थिए।

@Source & Pic : Luke Gosling Mp

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP