मंगलबार , अषोज २७, २०८३

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भारतमा निर्मित कोभिसिल्ड खोपका नक्कली डोजहरु फेला पारिरहेको सम्बन्धी चेतावनी जारी गरेको छ । जुलाइ र अगस्टका बीच भारत र अफ्रिकी निकायहरुले यसलाई पहिचान गरि जफत गरेको डब्लूएचओले जनाएको छ ।

कोभिसिल्ड निर्माता कम्पनी, सेरम इन्सटिच्युट अफ इन्डियाले सो खोप नक्कली भएको पक्का गरेको थियो । यस्तोमा डब्लूएचओले ‘फेक’ खोप विश्वव्यापी जनस्वास्थ्यका लागि गम्भीर खतरा भएको चेतावनी दिँदै तुरुन्तै यसलाई बिक्री वितरणबाट हटाउन पहल गरेको छ ।

भारत सरकारले यसबारे आधिकारिक धाराणा दिएको छैन तर स्थानीय रिपोर्टका अनुसार देशको स्वास्थ्य मन्त्रायले यो मुद्दामा अनुसन्धान गरिरहेको छ । एक स्वास्थ्य अधिकारीले मिन्ट न्युज वेबसाइटसँग भनेका छन्, “यस किसिमका घटना हुन नदिन हामीसँग बलियो सिस्टम छ । तर पनि यो खबरपछि हामी कुनै पनि नागरिकले नक्कली खोप प्राप्त नगरेको सुनिश्चित गर्न चाहन्छौँ ।”

कोभिसिल्ड बेलायती खोप एस्ट्राजेनेकाको भारतीय स्वरुप हो र अहिलेसम्म भारतमा मात्र यसका ४८ करोड ६० लाख डोज प्रयोगमा ल्याइसकिएको छ ।

कम्पनी सेरमले डब्लूएचओको कोभ्याक्ससँग आबद्ध रहेर एसिया, अफ्रिका र दक्षिण अमेरिकामा समेत यसका लाखौँ डोज आपूर्ति गराएको छ । तर, भारतमा चलेको भयावह दोस्रो लहर पश्चात् सरकारले खोप निर्यातमा प्रतिबन्ध लगाएको हो । कम्पनी सेरमले पनि वर्षको अन्त्यसम्म भारतकै मागलाई प्राथमिकतामा राखेर खोप वितरण गरिने बताएको थियो ।

हालसम्म भारतमा १३ प्रतिशत जनसङ्ख्याले पूरा डोज खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP