सोमबार , बैसाख २२, २०८२

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भारतमा निर्मित कोभिसिल्ड खोपका नक्कली डोजहरु फेला पारिरहेको सम्बन्धी चेतावनी जारी गरेको छ । जुलाइ र अगस्टका बीच भारत र अफ्रिकी निकायहरुले यसलाई पहिचान गरि जफत गरेको डब्लूएचओले जनाएको छ ।

कोभिसिल्ड निर्माता कम्पनी, सेरम इन्सटिच्युट अफ इन्डियाले सो खोप नक्कली भएको पक्का गरेको थियो । यस्तोमा डब्लूएचओले ‘फेक’ खोप विश्वव्यापी जनस्वास्थ्यका लागि गम्भीर खतरा भएको चेतावनी दिँदै तुरुन्तै यसलाई बिक्री वितरणबाट हटाउन पहल गरेको छ ।

भारत सरकारले यसबारे आधिकारिक धाराणा दिएको छैन तर स्थानीय रिपोर्टका अनुसार देशको स्वास्थ्य मन्त्रायले यो मुद्दामा अनुसन्धान गरिरहेको छ । एक स्वास्थ्य अधिकारीले मिन्ट न्युज वेबसाइटसँग भनेका छन्, “यस किसिमका घटना हुन नदिन हामीसँग बलियो सिस्टम छ । तर पनि यो खबरपछि हामी कुनै पनि नागरिकले नक्कली खोप प्राप्त नगरेको सुनिश्चित गर्न चाहन्छौँ ।”

कोभिसिल्ड बेलायती खोप एस्ट्राजेनेकाको भारतीय स्वरुप हो र अहिलेसम्म भारतमा मात्र यसका ४८ करोड ६० लाख डोज प्रयोगमा ल्याइसकिएको छ ।

कम्पनी सेरमले डब्लूएचओको कोभ्याक्ससँग आबद्ध रहेर एसिया, अफ्रिका र दक्षिण अमेरिकामा समेत यसका लाखौँ डोज आपूर्ति गराएको छ । तर, भारतमा चलेको भयावह दोस्रो लहर पश्चात् सरकारले खोप निर्यातमा प्रतिबन्ध लगाएको हो । कम्पनी सेरमले पनि वर्षको अन्त्यसम्म भारतकै मागलाई प्राथमिकतामा राखेर खोप वितरण गरिने बताएको थियो ।

हालसम्म भारतमा १३ प्रतिशत जनसङ्ख्याले पूरा डोज खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु