मंगलबार , अषोज २७, २०८३

नेकपा एमालकीे नेत्री अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री भएकी छन् । बुधबार शाक्यले बाग्मती प्रदेशको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्री शाक्यलाई शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राजीनामा दिएपछि बसेको एमाले बाग्मती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको थियो ।

दलको नेता भएपछि एमालेको सिफारिसमा प्रदेश प्रमुख प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । प्रदेशको दोस्रो मुख्यमन्त्रीका रूपमा शाक्य संविधानको धारा १६८ ९१० अनुसार बहुमतको आधारमा नियुक्त भएकी हुन् । मुख्यमन्त्री शाक्यले बिहीबार नयाँ मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको बताइएको छ ।

नेकपा एमाले औपचारिक रूपमा विभाजन भएसँगै पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बन्ने बाटो सहज बनेको थियो । मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषद्को बैठक राखेर मन्त्रीहरूलाई लामो समयदेखि गरेको सहयोगबापत धन्यवाद दिँदै पदबाटसमेत राजीनामा दिएको घोषणा गरेका थिए ।

उनले प्रदेश प्रमुख विष्णु प्रसाईंलाई राजीनामा बुझाएका थिए । मन्त्रिपरिषद्को बैठकपश्चात् मन्त्रालयगत सचिवहरूसँग भेटेर उनले बिदा लिएको र धन्यवाद दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले बताए । मुख्यमन्त्री शाक्यले बुधबार नै प्रदेशको आन्तरिक मामिला कानुन तथा भौतिक योजनामन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकासमन्त्रीमा कृष्ण खनाललाई नियुक्त गरेकी छन् । आजको

आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP