
टर्कीले तालिबानबाट ज्यान जोगाएर भागेका अफगानी नागरिकहरुको सम्भावित आगमन रोक्न इरानसँगको आफ्नो सीमामा कडाई गरेको छ।
दुई दशकपछि इस्लामिक कट्टरपन्थी तालिबान अफगानिस्तानमा पुनः सत्ता आउने तयारी गरेसँगै डरले हजारौँ अफगानी नागरिक शरण लिन अन्य मुलुक पुगिरहेका छन्।
कानुनी प्रकृया पुरा नगरि हजारौँ अफगानीहरु पहिले नै इरान पुगिसकेका छन्। भागे आएका अफगानहरु अहिले इरानबाट लामो यात्रा तय गरेर टर्कीको सीमा क्षेत्रमा पुगेका छन्।
समाचार एजेन्सी एसोसिएटेड प्रेसले यसरी भाग्नेहरु अफगानिस्तानको सेना तथा सेनाको जागिर छाडेका र तालिबानको आक्रमण तीव्र भएपछि देश छोडेर भागेकाहरु रहेको बताएको छ।