
नेपालको पहिलो र्याप रियालिटी सो ‘नेपहप को श्रीपेच’ आयोजना हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । कोरोना महामारीलाई मध्येनजर गर्दै देशका केही ठुला सहरहरूमा मात्रै लाइभ अडिसन गरिने छ । भौतिक अडिसनमा सहभागी हुन नपाएकाहरूले भने डिजिटल अडिसनमार्फत सो मा भाग लिन सकिने आयोजक टिमले जानकारी दिएको छ ।
सोका प्रि–जजहरू फाइनल भइसकेका छन् भने अन्य जजहरू र अरू आन्तरिक तयारी भइरहेको पनि कार्यक्रममा बताइएको छ । सोका तीन जना जजहरूमध्ये दुई जना जजको रूपमा गिरिष खतिवडा र बालेन रहने छन् भने अर्को जज फाइनल हुन बाँकी रहेको छ ।
यसको आयोजना डी म्युजिक टिभी (डिसहोम) ले मिडिया एकेडेमीसँगको सहकार्यमा गर्न लागेको हो ।