सोमबार , बैसाख ८, २०८२

नेपाल विद्युत् प्राधिकरणका सिइओ कुलमान घिसिङको नियुक्ति खारेज गर्न माग गरिएको मुद्दाको सुनुवाइ रोकिएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिए पनि बेन्च बस्न नभ्याएका कारण सुनुवाइ हुन नसकेको सर्वोच्चले जनाएको छ।

यसअघिका सिइओ हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाइका लागि सर्वोच्चले न्यायाधीश रेग्मीको एकल इजलास तोकेको थियो । रिटमा कुलमानलाई नियुक्त गर्ने निर्णय असंवैधानिक भएकाले मन्त्रिपरिषद्को निर्णय खारेज गरी शाक्यलाई पुनर्नियुक्ति दिन अन्तरिम आदेश माग गरिएको छ।

मन्त्रिपरिषद् निर्णयले शाक्यलाई हटाएर घिसिङलाई नियुक्त गरेको थियो। यसविरुद्ध शाक्य सोमबार सर्वोच्च पुगेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP